विदेशबाट आउनेलाई मोबाइल फोन ल्याउन नदिन व्यवसायीको माग « Khabarhub

विदेशबाट आउनेलाई मोबाइल फोन ल्याउन नदिन व्यवसायीको माग


१७ जेष्ठ २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल मोबाइल व्यवसायी महासंघले भन्सार छलीबाट आउने मोवाइलमा प्रतिबन्ध लगाउनुपर्ने जनाएको छ ।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महासंघले भन्सार छलीबाट मोबाइल फोन भित्रिँदा राज्यलाई अर्बौँ रुपैया राजस्व नोक्सानी भइरहेको जनाएको छ ।

यसले व्यवसायीहरूलाई पनि असर परिरहेको भन्दै भन्सार छलीबाट आउने मोबाइलमा प्रतिबन्ध लगाउनुपर्ने महासंघले जनाएको हो ।

महासंघका केन्द्रीय अध्यक्ष भरत भट्टराईले वार्षिक एक अर्ब ८० करोड रुपैयाँ बराबरको मोबाइल सेट विदेश भ्रमणमा जाँदा र आफन्तहरूले विदेशबाट पठाएर आइरहेको बताए । त्यस्तै, खुल्ला सीमानबाट राजश्व छली गरेर प्रतिमहिना पाँच हजार पाँच सयका दरले मोबाइल सेट आइरहेको महासंघको तथ्याङ्क छ ।

राज्यले भन्सार छलीबाट आउने यस्ता प्रकारका मोबाइल सेटहरुमा प्रतिबन्ध लगाउनुपर्ने उनले माग गरे । त्यस्तै उनले यस किसिमका कारोबारको अन्त्य गर्न सरकारले तत्काल एमडीएमएस प्रणाली लागू गर्नुपर्नेमा जोड दिए ।

महासंघले जेठ २५ गते दोस्रो महाधिवेशन तथा तेस्रो साधारण सभा आयोजना गरिएको जानकारी गराएको छ ।

महाधिवेशनले अध्यक्षसहित वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष ७, महासचिव, सचिव २, कोषाध्यक्ष, सहकोषाध्यक्ष गरी १४ जना पदाधिकारी र वरिष्ठ सदस्य एक जना र ३४ जना केन्द्रीय सदस्य चयन गर्ने छ ।

प्रकाशित मिति : १७ जेष्ठ २०८१, बिहिबार  ३ : १३ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस