बजेटपछि निरन्तर घट्तो ट्रेन्डमा शेयर बजार, बिहीबार १९.८९ अंकले घट्यो | Khabarhub Khabarhub

बजेटपछि निरन्तर घट्तो ट्रेन्डमा शेयर बजार, बिहीबार १९.८९ अंकले घट्यो


१७ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


519
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आगामी आर्थिक वर्षको बजेट भाषण भएको दोस्रो दिन पनि शेयर बजार घटेको छ । बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १९.८९ अंकले घटेको छ ।

आज नेप्से ०.९५ प्रतिशतले घटेर १०६९ विन्दुमा पुगेको छ । बिहीबार ४ अर्ब २१ करोड ७४ लाख ९४ हजार रुपैयाँ बराबरको ९८ लाख ६४ हजार ४८२ कित्ता शेयर ६१ हजार ७२ पटक किनबेच भएको छ ।

बिहीबार ३११ वटा कम्पनीको शेयर कारोबार हुँदा ७० वटा  कम्पनीको शेयर मूल्य बढ्दा १७३ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ४ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।  

आज सेन्सेटिभ इन्डेक्स ३.९० अंकले, फ्लोट इन्डेक्स १.७० अंकलेसेन्सेटिभ फ्लोट इन्डेक्स १.७६ अंकले घटेको छ । 

१३ समूहमध्ये ३ वटा समूहको शेयर मूल्य बढेको छ भने १० वटा समूहको शेयर मूल्य घटेको छ । सबैभन्दा बढी उत्पादन समूहको शेयर मूल्य बढेको छ भने सबैभन्दा बढी होटल एण्ड टुरिजमको घटेको छ । 

उत्पादन ८२.५८ अंकले बढेको छ भने होटल एण्ड टुरिजम १३९.१३ अंकले घटेको छ ।

प्रकाशित मिति : १७ जेठ २०८१, बिहीबार  ३ : ३२ बजे

हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

झापा– झापाको बिर्तामोड– ७ फक्तालुङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

एसीसी यु-१६ सेमिफाइनलः नेपालको कसिलो बलिङ, २८ रन बनाउँदा मलेसियाले गुमायो चार विकेट

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा

वैदेशिक रोजगारबाट फर्केर केराखेती 

कैलाली– कैलालीको धनगढी उपमहानगरपालिका– १४ फूलबारी एचगाउँका पुष्पराज भण्डारीले व्यावसायिक

म्याग्दीको दरखोलामा झोलुङ्गे पुल निर्माण

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका– ३ मुना फलीयागाउँ र दर जोड्ने

मनसुनजन्य विपद् : विगतमा के भयो, के सिकियो ?

काठमाडौं– नेपालमा विगत १० वर्षको अवधिमा मनसुनजन्य विपद्का घटनाहरू तीव्र