उत्तर कोरियाद्वारा जापानी समुद्र क्षेत्रमा क्षेप्यास्त्र प्रहार | Khabarhub Khabarhub

उत्तर कोरियाद्वारा जापानी समुद्र क्षेत्रमा क्षेप्यास्त्र प्रहार


१७ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

सियोल उत्तर कोरियाले बिहीबार जापानको समुद्रतर्फ छोटो दूरीको ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ ।

दक्षिण कोरियाली समाचार एजेन्सी योन्हापका अनुसार  प्योङयाङले दक्षिण कोरियामा सयौँ ठूला फोहोर र मलले भरिएका बेलुनहरू पठाएको एक दिनपछि  जापानी क्षेत्रमा यो प्रहार गरेको हो । केही दिनअघि प्योङयाङले गरेको सैन्य जासुसी उपग्रहको रकेट प्रक्षेपण असफल भएको थियो । 

दक्षिण कोरियाली सेनाले बिहीबार उत्तर कोरियाले लगातार दुई दिन ‘जिपिएस सिग्नल’ जाम गर्ने प्रयास गरेको दावी गरेको छ । 

यसैबीच, संयुक्त राज्य अमेरिकाले उत्तर कोरियालाई जापानको समुद्रमा ब्यालिस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेपछि ‘थप गैरकानुनी र अस्थिरकारी कार्यहरू’ रोक्न आह्वान गरेको छ । 

दक्षिण कोरियाली सेनाका उच्च पदस्थ अधिकारीका अनुसार प्योङयाङको सुनान क्षेत्रबाट बिहान करिब ६ बजे १४ मिनेटमा करिब दशवटा प्रक्षेपण गरिएको थियो र समुद्रमा खस्नुभन्दा पहिले करिब तीन सय पचास  किलोमिटर उडेको अनुमान गरिएको थियो । 

दक्षिण कोरियाली सेनाले थप प्रक्षेपणविरुद्ध निगरानी र सतर्कता अपनाएको र अमेरिका र जापानी अधिकारीहरूलाई जानकारी दिएको थियो ।

हिन्द प्रशान्त महासागरस्थित अमेरिकी नेतृत्वले दक्षिण कोरिया, जापान र अन्य क्षेत्रीय सहयोगी र साझेदारहरूसँग नजिकबाट परामर्श गरिरहेको बताएको छ ।

जापानका प्रधानमन्त्री फुमियो किशिदाले टोकियोमा पत्रकारहरूसँग उत्तर कोरियाले ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको र उक्त क्षेत्र जापानको विशेष आर्थिक क्षेत्र बाहिर रहेको बताए।

प्रकाशित मिति : १७ जेठ २०८१, बिहीबार  ३ : ५३ बजे

सिरहाका विपन्न परिवारलाई ग्यास चुलो वितरण

सिरहा– सिरहाको बरियारपट्टि गाउँपालिका–३ दलित बस्तीका विपन्नलाई ग्यास सिलिण्डरसहितको चुलो

वडा कार्यालयमा आगलागी, आठ लाख बराबरको क्षति

तनहुँ– तनहुँको शुक्लागण्डकी नगरपालिका– ११ को वडा कार्यालयमा बुधबार विद्युत्

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

काठमाडौं– नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बिहीबार बस्दैछ । बैठक

सरकार उपभोक्ताको कि चिकित्सकको ?

काठमाडौँ – विश्व उपभोक्ता दिवसको अवसर पारेर नेपालमा वि.सं. ०८१

हामी सबैको अन्तरतमसम्म उज्यालो फैलियोस् : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले गुरु पूर्णिमाको  शुभकामना व्यक्त गर्दै