ट्रोल बनेपछि ‘दान्भी’को ट्रेलर सार्वजनिक कार्यक्रममा पूजाको गुनासो « Khabarhub

ट्रोल बनेपछि ‘दान्भी’को ट्रेलर सार्वजनिक कार्यक्रममा पूजाको गुनासो


१७ जेष्ठ २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– असार ७ बाट प्रदर्शनमा आउने फिल्म ‘दान्भी’को ट्रेलर सार्वजनिक भएको छ । निर्माण पक्षले बिहीबार चाबहिलमा एक कार्यक्रमको आयोजना गरी ट्रेलर सार्वजनिक गरेको हो । 

ट्रेलरमा प्रमुख नायिका पूजा शर्माको एक्सनलाई स्थान दिइएको छ । उनलाई ‘लेडी टाइगर’का रुपमा चित्रण गरिएको छ । नायक कुन्साङ बोमजोमसँग पुजाको प्रेमलाई पनि ट्रेलरमा देख्न सकिन्छ ।

कार्यक्रममा नायिका पूजाले फिल्मको टिजर र एक्सन अवतारका तस्वीर सार्वजनिक भएपछि सामाजिक सञ्जालमा ट्रोल भएकोमा गुनासो गरिन् ।

 ‘मेरो एक्सनलाई देखावटी भनेर टिप्पणी भयो । तर मैले फिल्मका लागि कतिसम्म एक्सन दृश्य दिएको छु भन्ने कुरा दर्शकले फिल्म हेरेपछि थाहा पाउनुहुनेछ’, उनले भनिन् ।

ट्रेलर सार्वजनिकपछि उनले यस्ता गाह्रो एक्सन दृश्य कसरी गरेँ होला भन्ने प्रश्न मनमा उब्जिएको सेयर गरिन् । 

नेपाल र भारतका विभिन्न स्थानमा खिचिएको फिल्ममा पूजा, कुन्साङ, किरण श्रेष्ठ, विशाल पहाडी, राजाराम पौडेललगायतका कलाकारको अभिनय छ । 

रूपेश तामाङ निर्देशक रहेको यस फिल्मको कार्यकारी निर्माता पवन राना मगर हुन् भने देव मगर र अनुप गडाल निर्माता छन् । रविना थापाको कथामा सञ्जोग रानाको पटकथा र संवाद रहेको छ ।

प्रकाशित मिति : १७ जेष्ठ २०८१, बिहिबार  ५ : ०२ बजे

नेपालको आँखा स्वास्थ्य सेवा : मानवीय सेवासहित विदेशी मुद्रा आर्जनको नयाँ आधार

काठमाडौं– आँखा स्वास्थ्य क्षेत्रमा नेपालले पछिल्लो समय हाँसिल गरेको उपलब्धि

ग्रेस इन्टरनेशनलले सिड्नीमा ‘एजुकेसन एन्ड माइग्रेसन एक्स्पो’ आयोजना गर्ने

काठमाडौं – ग्रेस इन्टरनेशनलले आफ्नो स्थापनाको २० वर्ष पूरा भएको

दरवाङमा सडक कालोपत्र

म्याग्दी – म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङमा सडक पुगेको करिब दुई

दूध, दही र घिउसमेत त्याग्ने जीवनशैली ! के हो भेगन ?

हाम्रो समाजमा शाकाहारी र मांसाहारीबारे धेरैलाई थाहा छ। कसैले मासु

तीन दिनको माैसम पूर्वानुमान : कस्तो होला दसैँको माैसम ?

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी तीन