ट्रोल बनेपछि ‘दान्भी’को ट्रेलर सार्वजनिक कार्यक्रममा पूजाको गुनासो « Khabarhub

ट्रोल बनेपछि ‘दान्भी’को ट्रेलर सार्वजनिक कार्यक्रममा पूजाको गुनासो


१७ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– असार ७ बाट प्रदर्शनमा आउने फिल्म ‘दान्भी’को ट्रेलर सार्वजनिक भएको छ । निर्माण पक्षले बिहीबार चाबहिलमा एक कार्यक्रमको आयोजना गरी ट्रेलर सार्वजनिक गरेको हो । 

ट्रेलरमा प्रमुख नायिका पूजा शर्माको एक्सनलाई स्थान दिइएको छ । उनलाई ‘लेडी टाइगर’का रुपमा चित्रण गरिएको छ । नायक कुन्साङ बोमजोमसँग पुजाको प्रेमलाई पनि ट्रेलरमा देख्न सकिन्छ ।

कार्यक्रममा नायिका पूजाले फिल्मको टिजर र एक्सन अवतारका तस्वीर सार्वजनिक भएपछि सामाजिक सञ्जालमा ट्रोल भएकोमा गुनासो गरिन् ।

 ‘मेरो एक्सनलाई देखावटी भनेर टिप्पणी भयो । तर मैले फिल्मका लागि कतिसम्म एक्सन दृश्य दिएको छु भन्ने कुरा दर्शकले फिल्म हेरेपछि थाहा पाउनुहुनेछ’, उनले भनिन् ।

ट्रेलर सार्वजनिकपछि उनले यस्ता गाह्रो एक्सन दृश्य कसरी गरेँ होला भन्ने प्रश्न मनमा उब्जिएको सेयर गरिन् । 

नेपाल र भारतका विभिन्न स्थानमा खिचिएको फिल्ममा पूजा, कुन्साङ, किरण श्रेष्ठ, विशाल पहाडी, राजाराम पौडेललगायतका कलाकारको अभिनय छ । 

रूपेश तामाङ निर्देशक रहेको यस फिल्मको कार्यकारी निर्माता पवन राना मगर हुन् भने देव मगर र अनुप गडाल निर्माता छन् । रविना थापाको कथामा सञ्जोग रानाको पटकथा र संवाद रहेको छ ।

प्रकाशित मिति : १७ जेठ २०८१, बिहीबार  ५ : ०२ बजे

कांग्रेस महामन्त्रीमा पराजित घिमिरेले भने– ‘यो अन्त्य होइन, नयाँ सुरुवात हो’

काठमाडौँ– नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा

बडादसैँको दोस्रो दिन मैतीदेवी मन्दिरमा श्रद्धालुको भीड (तस्बिरहरू)

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको आज दोस्रो दिन । आज दसैँ

चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी सुरु

चितवन– चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी पुनः सुरु भएको छ

दसैँको बक्सअफिसमा चार स्टारको भिडन्त, कसले मार्ला बाजी ?

काठमाडौँ– नेपाली चलचित्रका लागि दसैँ केवल चाडपर्वको समय होइन, बक्सअफिसमा

अन्नपूर्ण पदमार्गमा पर्यटकको आगमन बढ्दै

लमजुङ– बाढीपहिरो र हिमपातका कारण प्रभावित बनेको अन्नपूर्ण चक्रीय पदमार्गमा