कृषि तथा पशुपंक्षी बीमा निरन्तर रहने : कृषि मन्त्रालय « Khabarhub

कृषि तथा पशुपंक्षी बीमा निरन्तर रहने : कृषि मन्त्रालय


१७ जेष्ठ २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


510
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले कृषि तथा पशुपंक्षी बीमा निरन्तर रहने जनाएको छ ।

कृषिमन्त्री ज्वालाकुमारी साहको अध्यक्षतामा आज मन्त्रालयमा सरोकार भएका निकायसहित बसेको बैठकले यस्तो निर्णय गरेको प्रवक्ता शवनम शिवाकोटीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

 बैठकमा मन्त्रालयका सचिवद्वय डा दिपककुमार खराल र डा राजेन्द्रप्रसाद मिश्र, नेपाल बीमा प्राधिकरण, नेपाल बीमक सङ्घसहितको बैठकले पशुपंक्षी तथा जडिबुटी बीमाको अनुदान बक्यौता रकम भुक्तानी तथा विसं २०८० चैत १ गतेदेखि स्थगन भएको बीमासम्बन्धी छलफल भएको थियो । 

छलफलमा बीमा कम्पनीले जारी गरेको कृषि तथा पशुपंक्षी बीमा अन्तर्गतको बीमालेखवापत प्राप्त गर्नुपर्ने बाली तथा पशुधन बीमा प्रिमियम रकममध्ये हाललाई करिब ९७ करोड यथाशीघ्र भुक्तानी गर्ने सहमति भएको प्रवक्ता शिवाकोटीले जानकारी दिए । ।

बाँकी रकम भुक्तानीका लागि चालु आर्थिक वर्षभित्रै गर्ने गरी मन्त्रालयले पहल गर्ने भएको छ । बीमकले कृषि तथा पशुपंक्षी बीमा निरन्तर गर्ने गरी आजको सरोकार भएका निकायको बैठकले निर्णय गरेको छ ।

प्रकाशित मिति : १७ जेष्ठ २०८१, बिहिबार  ६ : २४ बजे

नागरिकको विश्वास नै राजनीतिमा ठूलो उपहार हो : रास्वपा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल संवत्

किशोर श्रेष्ठपछि हिमेश पन्तलाई पनि बोलायो साइबर ब्युरोले

काठमाडौं – समाचारको विषयलाई लिएर जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ र

हिमेश पन्तको उजुरीपछि किशोर श्रेष्ठ साइबर ब्युरोमा

काठमाडौं – कमेडियन तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता हिमेश पन्तको

सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो

काबुल – अन्तर्राष्ट्रिय सहायता कटौती र खाद्यान्नको मूल्यवृद्धिका कारण अफगानिस्तानमा

चिकित्सा शिक्षामा पहुँच विस्तार गर्न ४१८ सिट थपिए

काठमाडौँ – चालु शैक्षिक सत्रमा चिकित्सा शिक्षातर्फ ४१८ नयाँ सिट