जब क्याबिनेटमा ब्रिफिङ चलिरहँदा सन्दीपले भिसा नपाएको खबर पुग्यो… « Khabarhub

जब क्याबिनेटमा ब्रिफिङ चलिरहँदा सन्दीपले भिसा नपाएको खबर पुग्यो…


१७ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


17.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- यही जुनमा अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकप क्रिकेट प्रतियोगिता खेल्न तयार सन्दीप लामिछानेको भिसा अमेरिकाले दोस्रो पटक रिजेक्ट गरिदिएको छ ।

बिहीबार अपरान्ह ४ बजे अन्तरवार्ताका लागि महाराजगञ्जमा बोलाइएका सन्दीपलाई अमेरिकाले एक महिनाभित्र दोस्रो पटक अमेरिकी दूतावासले भिसा दिन नमानेको हो ।

यसअघि जेठ ९ मा दूतावासले सन्दीपलाई भिसा दिन मानेको थिएन । पहिलो पटक भिसा दिन नमानेपछि सरकारको उच्च तहबाट अमेरिकी दूतावासमा पहल गरिएको थियो ।

तर दूतावासले कुनै कारण नखुलाई दोस्रो पटक पनि सन्दीपको नाममा भिसा जारी गर्न मानेन । सन्दीपलाई भिसाका लागि युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ र परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले समेत पहल गरेका थिए ।

श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाईसमेत आग्रह गरेर दूतावासमा अनुरोध गरिदिन भनेका थिए । खेलकुद मनमन्त्री श्रेष्ठका अनुसार सरकारले सन्दीपको भिसाका लागि ‘भिसा नोट’समेत सरकारले अमेरिकी दूतावासमा पठाएको थियो।

सरकारीस्तरबाट पहल गर्दा पनि सन्दीपलाई अमेरिकाले भिसा दिन मानेन । बिहीबार सन्दीप अमेरिकी दूतावास पुग्दै गर्दा मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा बसिरहेको थियो ।

जहाँ खेलकुद मन्त्री श्रेष्ठ सन्दीपलाई भिसाका लागि हालसम्म भएका पहलहरूबारे ब्रिफिङ गरिरहेका थिए । राष्ट्रको प्रतिनिधित्व गरेर जाने खेलाडीका लागि आफ्नोतर्फबाट गरेको पहल र प्रयत्नबारे उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित क्याबिनेटका सदस्यहरूलाई ब्रिफिङ गरेका थिए ।

अहिलेसम्मका सबै प्रयासबारे जानकारी दिँदै आजै आफूले सन्दीपलाई कीर्तिपुर स्टेडियममा भेटेको पनि बताएका थिए । त्यहाँ भेट्दा सन्दीप विश्वकप खेल्नका लागि पूरा तयारी अवस्थामा देखिएको बताउँदै उनले भिसा मिल्ने विश्वास व्यक्त गरेका थिए ।

तर, खेलकुदमन्त्री श्रेष्ठले ब्रिफिङ गरिरहेका बेला खबर आयो, ‘सन्दीपलाई अमेरिकी दूतावासले दोस्रो पटक पनि भिसा दिएन।’

यो खबरले मन्त्रिपरिषद् बैठकमा पनि केहीबेर निराशाको माहोल देखियो । आफैं आयोजक रहेको अमेरिकाले सन्दीपलाई भिसा नदिएर ठिक नगरेको गुनासो नेपाली क्रिकेट प्रेमीले गरेका छन् ।

तर कुनै खेलाडीलाई भिसा दिने-नदिने कुरा सम्बन्धित देशकै भएकाले यसबारे थप टिप्पणी गर्न नहुने खेलकुदमन्त्री श्रेष्ठले खबरहबलाई बताए ।

‘भिसा नदिएकोबारे प्राविधिक र कानुनी कुराबारे अमेरिकालाई थाहा होला । आचरणबारे हो भने पनि हामीले केही भन्न मिल्दैन’, उनले खबरहबलाई भने, ‘नेपालले आफ्नो कूटनीतिक मर्यादालाई कायम गर्नुपर्छ। यसबारे अनुचित टिप्णी राम्रो हुँदैन । औपचारिक रुपमा अमेरिकाको धारणा नआएसम्म यसबारे थप बोल्न सकिँदैन ।’

प्रकाशित मिति : १७ जेठ २०८१, बिहीबार  ६ : २९ बजे

एमालेले शनिबार प्रत्यक्षतर्फका उम्मेदवार टुंग्याउने, बोलायो सचिवालय बैठक

काठमाडौं- फागुन २१ गते हुने निर्वाचनका उम्मेदवार टुंगो लगाउन नेकपा

गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा

वाशिङ्न- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजा शान्ति परिषद् गठन गर्ने

कसैलाई बाँड्न र दिनै नमिल्ने नोबेल पदक नियमविपरीत उपहारमा लिए ट्रम्पले

वाशिङ्टन- भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना मचाडोले अमेरिकी राष्ट्रपति डोनाल्ड

विशेष महाधिवेशनमा ५७.२१ प्रतिशत प्रतिनिधि सहभागी : महामन्त्री घिमिरे

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गुरूराज घिमिरेले पार्टीका तत्कालीन कार्यबाहक सभापतिले

देउवा समूहपछि सभापति थापाको टोली पनि निर्वाचन आयोग जाँदै

काठमाडौं- नेपाली कांग्रेसको शेरबहादुर देउवा नेतृत्वको समूहले शुक्रबार निर्वाचन आयोगमा