मधेसमा जनमतले मुख्यमन्त्री लिने, पाँच दलबीच यस्तो सहमति ! « Khabarhub

मधेसमा जनमतले मुख्यमन्त्री लिने, पाँच दलबीच यस्तो सहमति !


१७ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम- मधेस प्रदेशमा डा. सीके राउत नेतृत्वको जनमत पार्टीबाट मुख्यमन्त्री बनाउने सहमति पाँच दलले गरेका छन् ।

बिहीबार भएको सहमतिअनुसार पहिलो चरणमा जनता पार्टीबाट मुख्यमन्त्री बनाउन लागिएको हो ।

मधेसमा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालका मुख्यमन्त्री सरोजकुमार यादवले यही जेठ २८ गतेभित्र विश्वासको मत लिने तयारी गरिरहेका बेला पाँच दलले बिहीबार सहमति गर्दै सत्ता लिने निर्णय गरेका हुन् ।

पाँच दलीय गठबन्धनमा लोकतान्त्रिक समाजवादी र नेकपा एकीकृत समाजवादी पनि जोडिएका छन् । तर यी दुई दलले सहमतिमा हस्ताक्षर गरिसकेका छैनन् । दुवै दलका सांसदहरूले कुरा मिलिनसकेको बताएका छन्।

एकीकृत समाजवादी मधेस प्रदेशका सांसद कानिश पटेलले आफूहरू सहमत नभइसकेको बताए । उनले छलफल जारी रहे पनि आफूहरू नयाँ गठबन्धनमा जोडिइनसकेको बताएका छन् ।

समाजवादी संसदीय दलका नेता गोविन्द न्यौपानेले यसबारे बोल्न चाहेनन्। तर श्रोतका अनुसार उनीहरू अहिले बार्गेनिङमा रहेकाले सहमतिमा हस्ताक्षर नगरेका हुन् ।

जनमत पार्टीका प्रवक्ता शरदसिंह यादवले नयाँ सरकार बनाउने विषयमा पाँच दलबीच सहमति भएको बताए ।

तर उक्त सहमति पत्रमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र र जनमत पार्टीले मात्रै हस्ताक्षर गरेका छन् । एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादील भने पत्रमा हस्ताक्षर गरेका छैनन् ।

बुधबार मात्रै मधेसमा गठबन्धनका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जसपा, लोसपा र एकीकृत समाजवादीका नेताहरूसँग संवाद गरेका थिए । बूढानीलकण्ठमा भएको संवादमा जसपा अध्यक्ष उपेन्द्र यादवले मधेस सरकार टिकाएर लैजान सहयोग मागेका थिए ।

‘मधेस प्रदेशमा निर्माण भएको नयाँ राजनैतिक परिस्थितिमा प्रदेशमा रहेको भ्रष्टचार लगायत सबै प्रकारको बेथिति अन्त्य गर्दै सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले), जनमत पार्टी, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), लोकतान्त्रिक समादवादी पार्टी, नेपाल र नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) दलको सहभागितामा नयाँ संयुक्त मधेश प्रदेश सरकार जनमत पार्टीको नेतृत्वमा बनाउने निर्णय भएको छ’, सहमति पत्रमा भनिएको छ ।

अब सरकारमा सहभागी भएका दलहरूबीच आपसी सहमतिमा मन्त्रालय बाँडफाँड गर्ने र नयाँ संयुक्त सरकार गठन प्रकृयामा सकारात्मक अन्य दलसँग पनि संवाद अघि बढाउने निर्णय भएको एमाले संसदीय दलका नेता सरोज यादवले खबरहबलाई बताए ।

प्रकाशित मिति : १७ जेठ २०८१, बिहीबार  ७ : ४९ बजे

दरबार हत्याकाण्डको २५ वर्ष : नारायणहिटीमा पूर्वराजपरिवारका सदस्यको उपस्थितिमा श्रद्धाञ्जली अर्पण

काठमाडौँ । राजा वीरेन्द्रसहित दिवंगत राजपरिवारका सदस्यको सम्झनामा नारायणहिटी दरबार

कर्णाली सरकारको नीति तथा कार्यक्रम स्वीकृत

सुर्खेत । कर्णाली प्रदेशको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८३/८४ को

काठमाडौं विश्वविद्यालयको उपकुलपति नियुक्तिका शिक्षामन्त्रीले बनाए आफ्नै नेतृत्वमा समिति

काठमाडौं । काठमाडौं विश्वविद्यालयको १०१औँ सभा (सिनेट) बैठकले नयाँ उपकुलपति

आशिका भन्छिन् : प्रधानमन्त्रीले सदनमा जवाफ दिनुपर्छ, सभामुखको मुख न्याउरो हुँदै गयो

काठमाडौँ । सांसद आशिका तामाङले प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्तिप्रति असन्तोष

आयोगलाई पूर्वप्रधानन्यायाधीश र न्यायाधीशले सम्पत्ति विवरण नबुझाउने

काठमाडौं । सम्पत्ति छानबिन आयोगलाई पूर्वप्रधानन्यायाधीश र पूर्वन्यायाधीशहरूले सम्पत्ति विवरण