मधेस प्रदेशमा ‘श्रमाधान रोजगार मेला’ हुँदै | Khabarhub Khabarhub

मधेस प्रदेशमा ‘श्रमाधान रोजगार मेला’ हुँदै


१७ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

धनुषा – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनकपुरमा यही जेठ १९ र २० गते ‘श्रमाधान रोजगार मेला’ को आयोजना गर्ने भएको छ ।

नागरिकको श्रम यात्रा र रोजगारीका बहुआयामिक आवश्यकतालाई एकद्वार प्रणालीद्वारा सम्बोधन गर्ने उद्देश्यले मेला आयोजना गर्न लागिएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

मेलाको आयोजकमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, श्रम तथा यातायात मन्त्रालय मधेस प्रदेश, जनकपुरधाम उपमहानगरपालिका छन् भने सहआयोजकमा नेपाल उद्योग परिसङ्घ छ ।

पत्रकार सम्मेलनमा श्रम मन्त्रालयका उपसचिव एवं मेलाका मधेस प्रदेश संयोजक दीपेन्द्र पौडेलले मेलाले श्रमिक र रोजगारदातालाई जोड्नेमा विश्वास व्यक्त गरे ।

‘मेलाले नेपालको रोजगारी परिदृश्यमा सकारात्मक परिवर्तन ल्याउनेछ । यसले राष्ट्रलाई थप समृद्धि र सफलतार्फ लैजानसक्ने लचिलो र समावेशी जनशक्ति निर्माण गर्न सहज गर्छ’, उनले भने, ‘मधेस प्रदेशमा हुने मेलामा बेरोजगार युवाको ज्ञान, सीप, क्षमताका आधारमा माग सङ्कलन गरिनेछ ।’

श्रम तथा यातायात कार्यालय जनकपुरधामका प्रमुख धर्मराज रोकायाले मधेस प्रदेशमा हुन गइरहेको श्रमाधान रोजगार मेलाले रोजगारदाता र श्रमिकमा उत्साह थपिएको बताए ।

यो मेलामा सहभागिताका लागि ३५ वटा प्रदर्शनी कक्षमध्ये ३० वटा बुकिङ भइसकेको उनले जानकारी दिए ।

प्रकाशित मिति : १७ जेठ २०८१, बिहीबार  ८ : १६ बजे

चितवनमा ६४ जनामा डेङ्गु सङ्क्रमण

चितवन– चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । तीन

मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

मनाङ– मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ

म्याग्दीको रुममा चारसय परिवारलाई खानेपानी

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–२ रुममा ‘एक घर, एक धारा’ सहितको

काठमाडौं उपत्यका : एकै दिन घुम्न सकिन्छ सात सम्पदा

काठमाडौं – खुला संग्रहालयको रुपमा विश्वसामु परिचित काठमाडौं उपत्यका जहाँ

तीन दशकपछि सडक कालोपत्र

तनहुँ– करिब तीन दशकअघि रेखाङ्कन गरिएको तनहुँको भानु नगरपालिकास्थित कालीमाटीदेखि