तापक्रममा ‘रेकर्ड ब्रेक’: धनगढीलाई नेपालगञ्जले उछिन्यो « Khabarhub

तापक्रममा ‘रेकर्ड ब्रेक’: धनगढीलाई नेपालगञ्जले उछिन्यो


१७ जेष्ठ २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

बाँके – नेपालगञ्जमा आज अधिकतम तापक्रम ४४ दशमलव दुई डिग्री मापन गरिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद् गोविन्द झाले साँझ ६ बजे प्राप्त अभिलेखमा नेपालगञ्जको ‘रेकर्ड’ यो वर्षकै सबैभन्दा बढी भएको बताए । उनले अनुसार आज दिउँसो धनगढीमा ४४ दशमलव १ डिग्री तापक्रम रेकर्ड भएको थियो ।

त्यसलाई उछिनेर नेपालगञ्जले ‘रेकर्ड ब्रेक’ गरेको हो । यसअघि अघिल्लो महिनामा भैरहवामा ४३ दशमलव ६ डिग्री रेकर्ड भएको थियो । आज विराटनगरमा ४१ डिग्री, दाङको घोराहीमा ४० दशमलव २ डिग्री तापक्रम अभिलेख भएको छ ।

काठमाडौं र पोखरामासमेत तापक्रम बढिरहेको छ । आज पोखरामा ३४ र काठमाडौँमा ३४ दशमलव ४ डिग्री तापक्रम मापन गरिएको छ । अहिले नेपालमा स्थानीय वायु, पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको विहार आसपास रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाइएको छ ।

हाल कोशी र सुदुरपश्चिम प्रदेशलगायत पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रहेपनि बाँकी भूभागमा मौसम मुख्यतया सफा छ ।

प्रकाशित मिति : १७ जेष्ठ २०८१, बिहिबार  ९ : ४९ बजे

फ्रान्समा विद्यार्थी र शिक्षकद्वारा मङ्गलबार पुनः हडतालको आह्वान

पेरिस- फ्रान्सका विद्यार्थी र शिक्षक समूहहरूले मङ्गलबार हडतालको आह्वान गरेका

काठमाडौंविरुद्ध लुम्बिनीको खराब प्रदर्शन

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शनिबारको एक मात्र खेलमा

कार्तिक कृष्ण त्रयोदशी : मनाइयो काग तिहार

काठमाडौँ– कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज

अदालतले न्याय दिन्छ : देउवा

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीको आधिकारिकताका विषयमा अदालतले

काठमाडौंले लुम्बिनीलाई दियो १६१ रनको लक्ष्य

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शनिबारको एक मात्र खेलमा