२४ खर्ब ७२ अर्ब नाघ्यो सार्वजनिक ऋण « Khabarhub

२४ खर्ब ७२ अर्ब नाघ्यो सार्वजनिक ऋण


१४ भाद्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चालु आर्थिक वर्ष २०८१/०८२ को साउन मसान्तसम्म सार्वजनिक ऋण २४ खर्ब ७२ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ । चालु आवको सुरुमा यस्तो ऋण दायित्व २४ खर्ब ३१ अर्ब ३३ करोड रुपैयाँ थियो ।

चालु आवको पहिलो साउन मसान्तसम्म ४१ अर्ब ११ करोड ऋण थपिएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ । चालु आवको सुरुमा आन्तरिक ऋण ११ खर्ब ८० अर्ब ९० करोड र बाह्र ऋण दायित्व १२ खर्ब ५० अर्ब ४३ करोड रुपैयाँ थियो ।

साउन मसान्तसम्म आन्तरिक ऋण ४० अर्ब र बाह्य ऋण ३ अर्ब ५९ करोड २० लाख रुपैयाँ रहेको तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको हो । तथ्याङ्कमा उल्लेख भएअनुसार साउन मसान्तसम्म सरकारले आन्तरिक र बाह्र ऋण दायित्वमध्ये १९ अर्ब २७ करोड ५ लाख रुपैयाँ भुक्तानी गरेको छ ।

सो अवधिमा बाह्रय ऋण दायित्वका कारण सिर्जना भएको विनिमय दरमा आएको परिवर्तनका कारण थप १६ अर्ब ७९ करोड १२ लाख रुपैयाँ नोक्सान वा थप दायित्व सिर्जना हुँदा साउन मसान्तसम्म ४१ अर्ब ११ करोड रुपैयाँ सार्वजनिक ऋण थप भएको देखिन्छ ।

त्यस्तै; चालु आर्थिक वर्षमा ५ खर्ब ४७ अर्ब रुपैयाँ ऋण परिचालन गर्ने लक्ष्य लिएकोमा साउन मसान्तसम्म ४३ अर्ब ५९ करोड रुपैयाँ ऋण प्राप्त भएको छ । ऋण परिचालन गर्ने वार्षिक लक्ष्यको तुलनामा ७.९७ प्रतिशत ऋण प्राप्ति भएको कार्यालयले जनाएको छ ।

चालु आर्थिक वर्षमा ४ खर्ब २ अर्ब रुपैयाँ ऋण सेवा खर्चमा बजेट विनियोजन गरेकोमा साउन मसान्तसम्म २३ अर्ब १८ करोड ९९ लाख भुक्तानी भएको छ ।

वार्षिक रूपमा आन्तरिक ऋण साँवा र ब्याज भुक्तानी गर्न ३ खर्ब ३६ अर्ब ९५ करोड बजेट विनियोजनामा भएकोमा साउन मसान्तसम्म २० अर्ब ६० अर्ब रुपैयाँ भुक्तानी गरिएको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार ६५ अर्ब ८९ करोड ८२ लाख रुपैयाँ बाह्रय ऋण भुक्तानी गर्न वार्षिक बजेट विनियोजन गरेकोमा साउन मसान्तसम्म २ अर्ब ५८ करोड ४५ लाख रुपैयाँ भुक्तानी गरिएको हो ।

प्रकाशित मिति : १४ भाद्र २०८१, शुक्रबार  ४ : ५० बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार