विराट कोहलीले लिए टी-२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास | Khabarhub Khabarhub

विराट कोहलीले लिए टी-२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास


१६ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतीय क्रिकेट टोलीका पूर्वकप्तान विराट कोहलीले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । शनिबार टी–२० विश्वकप २०२४ को उपाधि जिते लगत्तै उनले सन्यास लिने घोषणा गरेका हुन् ।

खेलपछिको पत्रकार सम्मेलनमा उनले भने ‘यो सन्यास लिने सही समय हो। अब नयाँ पुस्ताले यो विरासतलाई अगाडि बढाउने समय आएको छ । यो भारतका लागि मेरो अन्तिम टी–२० विश्वकप खेल थियो।’

फाइनलमा दक्षिण अफ्रिकालाई सात रनले हराउँदै भारतले उपाधि जित्दा काेहली प्लेयर अफ दी म्याच घोषित भए । उनले दक्षिण अफ्रिकाविरुद्ध सर्वाधिक ७६ रन बनाएका थिए । ५९ बलको सामना गरेका कोहलीले ६ चौका र २ छक्का प्रहार गरेका थिए।

भारतका लागि १ सय २५ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका कोहलीले ४ हजार १ सय ८८ रन जोडेका छन्।

प्रकाशित मिति : १६ असार २०८१, आइतबार  १२ : ४३ बजे

स्थानीय जातका गाई पाल्ने चलन हराउँदै

म्याग्दी– धवलागिरि गाउँपालिका–७ को ताकम गाउँमा स्थानीय गाई पाल्ने चलन

प्रधानमन्त्री भन्छन्- सांस्कृतिक पर्वलाई बिथोल्ने प्रयास यज्ञमा बाँदर आइपुगे जस्तो

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका सांस्कृतिक पर्वलाई भाँड्ने खालका

साहित्यकार चालिसेलाई ‘व्यथित साहित्य सम्मान’ प्रदान गरिने

काठमाडौं – साहित्य सदन नेपालले साहित्यकार केदारमान व्यथितको नाममा स्थापित

प्रधानमन्त्रीद्वारा शङ्खधर साख्वाको सालिकमा माल्यार्पण

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति

सरकारको सय दिनमा निकै राम्रो काम भएको छ : सभापति देउवा

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले सरकारको सय दिनमा