युरोकप २०२४ : स्वीट्जरल्याण्ड क्वार्टरफाइनलमा प्रवेश « Khabarhub

युरोकप २०२४ : स्वीट्जरल्याण्ड क्वार्टरफाइनलमा प्रवेश


१६ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जर्मनीमा जारी युरोकप फुटबलमा स्वीट्जरल्याण्डसँग इटाली स्तब्ध बनेको छ ।

गएराति भएको अन्तिम १६ को खेलमा साविक विजेता इटालीलाई २–० गोलले स्तब्ध पार्दै स्वीट्जरल्याण्ड क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

स्वीट्जरल्याण्डका रेमो फ्रिउलार र रुबेन भार्गासले एक–एक गोल गरेका थिए ।

खेलको ३७औँ मिनेटमा स्वीट्जरल्याण्डका फ्रिउलारले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । यस्तै, ४६औँ मिनेटमा भार्गासले गोल गर्दै अग्रतालाई दोब्बर बनाए ।

त्यसपछि दुवै तर्फबाट थप कुनै गोल नभएपछि स्वीट्जरल्याण्ड २–० गोलले विजयी भयो ।

 

यो जितसँगै स्वीट्जरल्याण्ड क्वार्टरफाइनलमा प्रवेश गरेको छ भने इटाली प्रिक्वार्टरफाइनलबाटै बाहिरिएको छ ।

अब स्वीट्जरल्याण्डले क्वार्टरफाइनलमा इंग्ल्याण्ड र स्लोभाकियाबीचको विजेतासँग खेल्नेछ ।

प्रकाशित मिति : १६ असार २०८१, आइतबार  ६ : २६ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया