आयोजक जर्मनी युरोकपको क्वार्टरफाइनलमा « Khabarhub

आयोजक जर्मनी युरोकपको क्वार्टरफाइनलमा


१६ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आयोजक जर्मनी युरोकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । आज बिहान सकिएको प्रिक्वार्टरफाइनलको खेलमा डेनमार्कलाई २–० गोलले हराउँदै जर्मनी क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।

जर्मनीका काइ हाभर्ट्ज र जमाल मुयियालले एक–एक गोल गरेका थिए ।

पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफको ५३औँ मिनेटमा जर्मनीका हाभटर््जले सुरुवाती गोल गरेका थिए ।

यसैगरी ६८औँ मिनेटमा जमालले गोल गर्दै जर्मनीको अग्रतालाई दोब्बर बनाए । त्यसपछि दुवै टोलीबाट थप गोल नहुँदा जर्मनी २–० गोलले विजयी भयो ।

यो जितपछि अब जर्मनीले क्वार्टरफाइनलमा स्पेन र जर्जियाको विजेतासँग खेल्नेछ । पराजित भएको डेनमार्क प्रतियोगिताबाट बाहिरिएको छ ।

यो पनि…
युरोकप २०२४ : स्वीट्जरल्याण्ड क्वार्टरफाइनलमा प्रवेश

प्रकाशित मिति : १६ असार २०८१, आइतबार  ६ : ४७ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया