आयोजक जर्मनी युरोकपको क्वार्टरफाइनलमा « Khabarhub

आयोजक जर्मनी युरोकपको क्वार्टरफाइनलमा


१६ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आयोजक जर्मनी युरोकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । आज बिहान सकिएको प्रिक्वार्टरफाइनलको खेलमा डेनमार्कलाई २–० गोलले हराउँदै जर्मनी क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।

जर्मनीका काइ हाभर्ट्ज र जमाल मुयियालले एक–एक गोल गरेका थिए ।

पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफको ५३औँ मिनेटमा जर्मनीका हाभटर््जले सुरुवाती गोल गरेका थिए ।

यसैगरी ६८औँ मिनेटमा जमालले गोल गर्दै जर्मनीको अग्रतालाई दोब्बर बनाए । त्यसपछि दुवै टोलीबाट थप गोल नहुँदा जर्मनी २–० गोलले विजयी भयो ।

यो जितपछि अब जर्मनीले क्वार्टरफाइनलमा स्पेन र जर्जियाको विजेतासँग खेल्नेछ । पराजित भएको डेनमार्क प्रतियोगिताबाट बाहिरिएको छ ।

यो पनि…
युरोकप २०२४ : स्वीट्जरल्याण्ड क्वार्टरफाइनलमा प्रवेश

प्रकाशित मिति : १६ असार २०८१, आइतबार  ६ : ४७ बजे

पोखराले गुमायो पाचौँ विकेट, ६१ रन बनाएका दास आउट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

दिल्लीमा वायु प्रदूषण नियन्त्रणका लागि नयाँ प्रतिबन्ध लागू

नयाँदिल्ली– भारतको राजधानी नयाँदिल्लीमा बढ्दो वायु प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले

तृतराजको ५०, जनकपुरको १०० रन पूरा

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

जाडो बढेसँगै ‘भक्का’ को व्यापार फस्टाउँदै

झापा– चिसो मैसम सुरु भएसँगै झापा, मोरङ, सुनसरीलगायत पूर्वी तराईका

पोखराले गुमायो तेस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा