के हो मास हिस्टेरिया, यो कसरी फैलिन्छ ? | Khabarhub Khabarhub

के हो मास हिस्टेरिया, यो कसरी फैलिन्छ ?


१६ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विद्यालयका छात्रामा काप्ने, रुने, कराउने र बेहोस हुने समस्या देखियो भन्ने समाचार समय समयमा हामीले सुन्ने गरेका छौं। एक जना होइन, दुई, तीन वा अरु थुप्रै छात्रामा एकसाथ यस्तो समस्या देखिन्छ। यस किसिमको समस्यालाई देवीदेवता लागेको वा भूतप्रेतले दुःख दिएको समेत भन्ने गरिएको छ।

मनोचिकित्सकले भने यसलाई क्षणिक मानसिक समस्या भन्ने गरेका छन्। खासमा यो ‘मास हिस्टेरिया’ हो। काप्ने, रुने, बेहोस हुने जस्ता समस्या सामूहिक रूपमा देखिन्छ भने त्यसलाई ‘मास हिस्टेरिया’ भनिन्छ। यस्तो समस्या विद्यालय तहका छात्रामा बढी देखिने गर्छ। यो नेपालमा किशोर किशोरीमा देखिने आम मनोवैज्ञानिक समस्या रहेको चिकित्सक बताउँछन्।

मानसिक तनाव शारीरिक लक्षणको रूपमा प्रकट हुने समस्या नै हिस्टेरिया हो। तर आजभोलि हिस्टेरिया भन्ने शब्द त्यति प्रयोगमा ल्याइँदैन। हिस्टेरिया शब्दलाई यौन कुण्ठासँग जोडिने भएकोले यो शब्दलाई अहिले प्रयोग नगरिएको हो। ‘मास हिस्टेरिया’लाई अहिले ‘मास कन्भर्जन’ भनिन्छ। जसलाई नेपालीमा ‘विकृत विकार’ पनि भनिन्छ। मास हिस्टेरिया कस्तो रोग हो ? यो हुनुको मुख्य कारण के हो ? यसको रोकथाम र उपचार कसरी गर्ने ? यिनै विषयमा मानसिक अस्पताल पाटनमा कार्यरत मनोरोग विशेषज्ञ डा. सुमन अर्यालसँग गरिएको कुराकानी :

यो एक प्रकारको मानसिक समस्या हो। पहिला-पहिला बोलीचालीको भाषामा यसलाई हिस्टेरिया भनिए पनि अहिले डिसोसिएटिभ कनभर्जन डिसअर्डर’ भनिन्छ।

मास हिस्टेरिया कस्तो रोग हो ?
यो एक प्रकारको मानसिक समस्या हो। पहिला–पहिला बोलीचालीको भाषामा यसलाई हिस्टेरिया भनिए पनि अहिले डिसोसिएटिभ कनभर्जन डिसअर्डर’ भनिन्छ।

यो यौटा यस्तो अवस्था हो। जसमा आफ्नो विगतको पहिचान र हालको अवस्थाको समन्वय गर्ने क्षमताको आंशिक वा पूर्ण रुपमा कमी हुने गर्दछ र स्वभाविकभन्दा भिन्न देखिन्छ। कहिले बेहोस हुने अनि कहिले बक्ने, काम्ने हुन्छ। यस्तो समस्या एकपछि अर्कोमा सर्दै धेरै जनाका एकैपटक देखिन थाल्यो भने त्यसलाई मास कनभर्जन अथवा मास हिस्टेरिया भनिन्छ।

यो हुनुको मुख्य कारण के हो ?
योे पूर्णतया मनोवैज्ञानिक कारणले हुने भएकाले व्यक्तिको जैविक मनोवैज्ञानिक र सामाजिक क्रियाकलापबाट उत्पन्न हुने मानसिक तनावसँग सम्बन्धित छ। त्यस्तै अन्र्तमनमा भएका भावनालाई सही रुपमा व्यवस्थापन गर्न नसक्दा वा यस्ता भावनालाई दबाएर राख्दा वा गहिरो तनाव दिमागमा लामो समय गडेर बस्यो, कोही कसैसँग व्यक्त गर्ने वातवरण भएन, तनावलाई व्यवस्थापन गर्न सकिएन भने यो समस्या हुने गर्दछ।

यो छात्रछात्रा दुवैमा हुने समस्या हो। तर यो समस्या विद्यालय उमेरका किशोरीमा बढी देखिने गरेको छ। छात्रको तुलनामा छात्रामा तनावको सामना गर्ने क्षमताको कमी हुने भएकाले बढी देखिएको हो ।

एकै पटक मासमा कसरी फैलिने गर्दछ ?
यो छात्रछात्रा दुवैमा हुने समस्या हो। तर यो समस्या विद्यालय उमेरका किशोरीमा बढी देखिने गरेको छ। छात्रको तुलनामा छात्रामा तनावको सामना गर्ने क्षमताको कमी हुने भएकाले बढी देखिएको हो । एक छात्रा जसको घरमा, विद्यालयमा वा साथीसँग तनाव छ। वा उनीमाथि कुनै यौनिक हिंसा भएको छ तर उनले त्यो तनाव अरूको अगाडि बताउन सकेकी छैनन् भने त्यसकै कारण उ काँप्ने, रुने, बेहोस हुने वा अलि फरक खालको व्यवहार गर्ने गर्छिन्।

अन्य विद्यार्थी जो छिटो प्रभावित हुने स्वभावका हुन्छन् वा तनावमा छन् भने उनीहरू पनि त्यो छात्रालाई देखेपछि जानी–नजानी सजिलै उसकै जस्तो लक्षण देखाउन थाल्छन्। त्यसैले एक जना बेहोस भएपछि अरू पनि बेहोस हुने रुने कराउने गर्न थाल्छन्।

हाम्रो समाजको बुझाइ अनुसार यो रोग यौनसँग कति अन्र्तसम्बन्धित छ ?
बिगतमा यो रोगको नाम नै हिस्टेरिया भनेर यसलाई यौनसँग जोड्ने गरिएको पाइएको छ। तर यसमा कुनै सत्यता छैन भन्ने कुरा विभिन्न अनुसन्धानबाट पुष्टी भएको छ। यो तनावसँग सम्बन्धित भएकाले घरायसी सामाजिक लैंगिक यौनिक लगायत धेरै कारणले हुन सक्छ। यौनसँग मात्रै सम्बन्धित छ भन्ने कुरामा कुनै सत्यता छैन।

मास हिस्टेरियाको समस्या लिएर उपचारका लागि कत्तिको बिरामी आउने गरेका छन् ?
धेरै नै बिरामी यो समस्या लिएर उपचारका लागि आउने गरेका छन्। मुख्यतया यो रोग विद्यालय, होस्टेलमा देखिने गरेको छ। पछिल्लो समय किशोर किशोरीमा देखिने मानसिक समस्यामा मास हिस्टेरिया कमन मानिन्छ। सर्वप्रथम यो कस्तो समस्या हो ? के कारणले हुन्छ ? भन्ने कुरा जान्न जरुरी छ।

यो तनावका कारणले हुने मनोवैज्ञानिक समस्या हो। त्यसैले यस्तो समस्या भएका व्यक्तिलाई मनोपरामर्शको आवश्यकता रहन्छ।

जस्तै मास हिस्टेरिया अथवा हिस्टेरियाको विषयमा विभिन्न किसिमको धारणा रहेका छन्। यो भूत प्रेत लागेर हुन्छ। त्यस्तै यौनसँग पनि यसलाई जोड्ने गरिएको छ। त्यसैले कसैले विवाह गरेपछि ठिक हुने, कतिले धामीझाँक्रीलाई फुक्न लगाउने, फुक्न लगाउँदा ठिक भएको जस्तो पनि हुन्छ। यो केही क्षणलाई हुने र ठिक हुने समस्या हो। त्यो कारणले गर्दा हाम्रो समाजमा नकारात्मक प्रचलन बढिरहेको छ। तर त्यसमा कुनै सत्यता छैन। यो तनावका कारणले हुने मनोवैज्ञानिक समस्या हो। त्यसैले यस्तो समस्या भएका व्यक्तिलाई मनोपरामर्शको आवश्यकता रहन्छ। अभिभावक र विद्यालयका शिक्षक शिक्षिकालाई यसबारे ज्ञान हुनु आवश्यक हुन्छ।

उपचार गर्ने भनेको नै मनोपरामर्श तथा काउन्सिलरले हो। त्यसैले हामीले मनोपरामर्श गर्दा दबाएर राखेको तनावलाई बाहिर निकाल्ने गर्नुपर्छ। तनावको सामना कसरी गर्ने भनेर पनि बिरामीलाई सिकाउनुपर्छ। यसका साथसाथै दैनिक क्रियाकलाप जस्तै खानपिन, सुत्ने समय, उठ्ने समय, मनोरञ्जनका कार्यक्रममा पनि उनीहरुलाई सहभागी गराउन सकियो भने यसको रोकथाम गर्न सकिन्छ।

उपचार गर्ने भनेको नै मनोपरामर्श तथा काउन्सिलरले हो। त्यसैले हामीले मनोपरामर्श गर्दा दबाएर राखेको तनावलाई बाहिर निकाल्ने गर्नुपर्छ। तनावको सामना कसरी गर्ने भनेर पनि बिरामीलाई सिकाउनुपर्छ।

समयमै उपचार नगरे पछि गएर के कस्ता समस्या निम्त्याउने सम्भावना रहन्छ ?
यसको समयमै पहिचान गरेर सही उपचार नगरी धामीझाक्रीकहाँ लिन थालियो भने मान्छे डिप्रेशनमा जान सक्छ। डिप्रेशन हिस्टेरिया भन्दा कडा रोग हो। डिप्रेशनपछि काम गर्न नसक्ने, आत्महत्या गर्ने गर्छन्। आत्महत्याको एक कारक डिप्रेशन नै हो। यस्तो समस्या भएको खण्डमा पराशर्म लिनुपर्ने देखिन्छ। परामर्शबाट नागरिकको मिथ्या धारणालाई पनि हटाउनुपर्छ। औषधी खुवाउनुपर्ने, मानसिक डाक्टर कहाँ लानुपर्ने, विवाह गर्नुपर्ने जस्ता कार्य गर्नुपर्दैन, यो परामर्शबाट नै निको हुन्छ।

प्रकाशित मिति : १६ असार २०८१, आइतबार  ७ : ०५ बजे

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल भदौ २३ गते आइतबार तदनुसार

आज २०८१ साल भदौ २३ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल भदौ २३ गते आइतबार तदनुसार

कैलालीका थारू बस्तीमा अटवारी पर्वको चहलपहल

कैलाली – कैलालीका थारू समुदाय बाहुल्य गाउँ तथा बस्तीमा अटवारी

सन् २०२९ सम्म भारतीय डिजिटल कारोबारको बजार तीन गुणा वृद्धि हुने

काठमाडौं – आर्थिक वर्ष सन् २०२३–२४ मा भारतीय डिजिटल भुक्तानीको

गाजामा कुपोषणका कारण मृत्यु हुनेको सङ्ख्या ३७ पुग्यो

गाजा – गाजापट्टीको दक्षिणी क्षेत्र खान युनिसमा शनिबार दिउँसो एक