अफ्रिकालाई सधैं रुवाउने विराट र रोहित | Khabarhub Khabarhub

अफ्रिकालाई सधैं रुवाउने विराट र रोहित


१६ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : 4 मिनेट


945
Shares
  • change font
  • change font
  • change font

आईसीसी टी-२० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले हातैमा आएको उपाधि गुमायो। ३० बलमा ३० रन आवश्यक हातमा ६ विकेट बाँकी। यो सहज अवस्थालाई उपयोग गर्न नसकेपछि दक्षिण अफ्रिकाले पहिलो पटक कुनै पनि विश्वकप क्रिकेटको उपाधि जित्ने अवसरलाई गुमाएको हो।

पछिल्लो दुई वर्ष यता दक्षिण अफ्रिकाको सनसनीपूर्ण खेल सफलतालाई अझ स्वर्णिम बनाउने अवसर भने चुकेको छ। रग्बी, महिला क्रिकेट, फुटबल लगायत प्राय सबै टिम गेममा पछिल्ला दुई वर्ष दक्षिण अफ्रिकाका लागि यादगार बने।

दक्षिण अफ्रिकी आँखाले हेर्नुपर्ने धेरै पाटा छन्। भारतीय आँखाले हेर्नु पर्ने केही छन्। भारतीय क्रिकेटका एउटा स्टार विराट कोहलीले आफ्नो अन्तिम अन्तर्राष्ट्रिय खेललाई स्वर्णिम बनाए। बारबाडोसमा भएको खेलमा ५९ बलमा ७६ रन बनाएपछि उनले सन्यास घोषणा गरेका हुन् । उनको पारी नै दक्षिण अफ्रिका माथिको जितका लागि महत्त्वपूर्ण साबित भएको थियो। उनले नयाँ पुस्ताका लागि बाटो खुला गर्नु आवश्यक रहेको समेत बताए।

उनले भारतमा संसारलाई नै आश्चर्य पार्ने केही स्टार खेलाडी भएको समेत खुलासा गर्दै यसको असर अबको केही वर्षमा प्रस्ट देखिने बताए। आईपिएलको पछिल्लो सिजनमा समेत यो देखिएको उनले बताए। कोहलीले ६ वटा टी-२० विश्वकप खेले। यो भन्दा बढी कप्तान रोहितले नौ वटा खेले।

कोहलीले १२५ अन्तर्राष्ट्रिय टी-२० खेले। उनले यस क्रममा चार हजार १८८ रन प्रहार गरे। टी-२० को सेमिफाइनलसम्म सङ्घर्ष गरिरहेका कोहलीले फाइनल अगाडिसम्म कुल ७५ रन प्रहार गरेका थिए।

यसैगरी टी-२० क्रिकेटबाट सन्यासको घोषणा गरेका कप्तान रोहितले भने एक एकदिवसीय र टेस्ट दुवैमा सहभागिता जनाउने बताएका छन्। यो संरचनामा उनले चार हजार २३१ रन प्रहार गरेका छन्। सबै भन्दा बढी पाँच टी-२० शतक प्रहार गर्ने खेलाडीको कीर्तिमान पनि उनकै नाममा छ। उनले दुई वटा टी-२० विश्वकपको उपाधि जिते।

पहिलो उदीयमान खेलाडीमा रूपमा सन् २००७ मा तथा पछिल्लो पटक सन् २०२४ कप्तानको रूपमा। उनले प्रतियोगितामा कुल २५७ रन प्रहार गरे। उनले अमेरिका र वेस्ट इन्डिजको खराब ब्याटिङको अवस्थालाई पार गर्दै भारतलाई छिटो गतिमा अघि बढाउने काम गरे।

एउटा अचम्मको संयोग बारम्बार दक्षिण अफ्रिकालाई रुवाउने काम रोहित र विराटले नै गरे। सन् २००७ मा घरेलु भूमिमा टी-२० क्रिकेट आयोजना गर्ने समयमा दक्षिण अफ्रिका एकदमै राम्रो लयमा थियो। सोही समूह चरणमा वेस्ट इन्डिज र न्यूजील्यान्डलाई हराएको दक्षिण अफ्रिका भारतसँगको एउटै हारले बाहिरिएको थियो।

सो खेलमा साउन पोलाक शानदार लयमा भएका कारण सुरुवातमा नै दुई विकेट लिएका थिए। मध्यक्रममा ब्याटिङ गर्न आएका रोहितले सो पारीमा ५० रन प्रहार गरे। सोही पारीले दक्षिण अफ्रिका प्रतियोगिताबाट बाहिरिएको थियो। सो खेलमा भारतलाई जितेर मात्र पुग्दैन थियो। रन रेटमा समेत अन्य टोलीलाई पछाडि पार्नु आवश्यक थियो। खेल भारतले ३७ रनले जितेको थियो। दक्षिण अफ्रिका भने खराब रन रेटकै कारण बाहिरिएको हो।

सन् २००७ मा रोहितको कारण बाहिरिएको दक्षिण अफ्रिकालाई अर्को वर्ष कोहलीले उपाधि जित्नबाट रोकेका थिए। मलेसियामा भएको यु-१९ विश्वकपमा पनि दक्षिण अफ्रिका दाबेदारको रूपमा रहेको थियो। सो विश्वकपमा पनि भारतले ब्याटिङ गरेको थियो।

सो खेलमा भारतले बनाएको १५९ रनको जवाफमा ब्याटिङ गरेको दक्षिण अफ्रिका १०३ रनमा सीमित भएको हो। त्यो विश्वकप टोलीमा रहेका दुई जान खेलाडी रवीन्द्र जडेजा र विराट कोहली शनिबारको खेलमा पनि खेले। यसको एक वर्ष अघि दक्षिण अफ्रिकालाई पहिलो चरणमा बाहिर पठाउने टोलीमा रहेका रोहित शर्मा मात्र शनिबारको खेलमा थिए।

सन् २००७ मा दक्षिण अफ्रिका हारे पनि नकआउट चरणमा पुग्ने अवस्थामा थियो। समग्र टी-२० विश्वकपमा यस अघि पनि भारत र दक्षिण अफ्रिकाको बारम्बार भेट पनि दुई पटक मात्र दक्षिण अफ्रिका विजयी भएको थियो।

सन् २००९ को विश्वकपमा भारतले दक्षिण अफ्रिका समूह चरणमा नै भेटेका थिए। सो विश्वकपमा दक्षिण अफ्रिका १२ रनले विजयी भएको थियो।

सन् २०१० मा पनि पहिलो चरणमा नै यी दुई टोलीको भेट भएको थियो। सो खेलमा सुरेश रैनाको शतकको सहयोगमा भारत १४ रनले विजयी भएको थियो।

सन् २०१२ मा कोलम्बोमा भएको प्रतिस्पर्धामा भारत १ रनले विजयी भएको थियो। कोलम्बोमा भएको खेल पनि त्यस्तै नाटकीय रूपमा सकिएको थियो। १५३ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकी टोली फाफ डु प्लेसिसले ३८ बलमा ६५ रन प्रहार गरेका थिए। सो खेलमा जाहिर खान र लक्ष्मी पती बालाजी चम्किएर दुवैले तीन विकेट लिएपछि दक्षिण अफ्रिका १ रनले पराजित भएको हो।

सन् २०१४ मा बङ्गलादेशको मिरपुरमा भएको खेलमा त्यसैगरी दक्षिण अफ्रिकी यात्रालाई भारतले सेमिफाइनलमा रोकेको थियो। त्यो खेल भारतले ६ विकेटले जितेको थियो। दक्षिण अफ्रिकाले १७२ रन बनाएको थियो। त्यस खेलमा पनि रोहित शर्माले १३ बलमा २४ रन तथा विराट कोहलीले ४४ बलमा ७७ रन प्रहार गरेका थिए।

आठौँ संस्करणमा भने पर्थमा भएको खेलमा दक्षिण अफ्रिका विजयी भएको थियो। पहिलो चरणमा नै दक्षिण अफ्रिकासँग पराजित भारतले फाइनलको यात्रा तय गरेको थियो।

अन्तर्राष्ट्रिय क्रिकेटमा रोहित शर्मा र विराट कोहलीको उदय नै दक्षिण अफ्रिकालाई रुवाएर भए झैँ देखिन्छ।

सन् २००७ मा दक्षिण अफ्रिकालाई नसोचिएको शैलीमा बाहिर पठाउने क्रममा उत्कृष्ट प्रदर्शन गरेका रोहित अहिले कप्तान छन्। यसैगरी कोहलीले उमेर समूहको प्रतियोगितामा भारतलाई दक्षिण अफ्रिकाविरुद्धको खेलमा नै उत्कृष्ट नेतृत्व गरेका थिए। १६ वर्षपछि उनको सानदार प्रदर्शनमा भारत विजयी भएको थियो। यसमा रोहितको कुशल नेतृत्वलाई भुल्नु हुँदैन।

क्रिकइन्फो, क्रिक बज, स्पोर्ट्स स्टार

 

प्रकाशित मिति : १६ असार २०८१, आइतबार  ८ : ५९ बजे

एमाले सचिवालय बैठक बस्दै, कांग्रेससँगको समीकरणबारे छलफल हुने

काठमाडौं– नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो

रास्वपाको सचिवालय बैठक बस्दै

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक बस्दैछ ।

प्रचण्डले बोलाए माओवादी पदाधिकारी बैठक

काठमाडौं– सत्ता गुम्ने निश्चित भएपछि प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष

कांग्रेस र एमाले सत्ता सहकार्यको सहमतिमा के छ ?

काठमाडौं – प्रतिनिधि सभाका प्रमुख दुई दल नेपाली कांग्रेस र

एमालेका मन्त्रीहरूले राजीनामा दिँदै

काठमाडौं– नेपाली कांग्रेससँगको सहकार्यमा अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने