गाँजाविरुद्ध कठोर प्रहरी, तीन स्थानबाट २०८ किलो बरामद « Khabarhub

गाँजाविरुद्ध कठोर प्रहरी, तीन स्थानबाट २०८ किलो बरामद


१६ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गाँजा खुलाउन संघदेखि प्रदेश सरकारसमेत कानुन निर्माणमा जुटेका बेला प्रहरीले भने नष्ट र बरामद अभियान तीव्र पारेको छ ।

वर्तमान कानुनअनुसार प्रतिबन्धित लागुऔषको सूचीमा रहेको गाँजाविरुद्ध प्रहरीको कारबाही तीव्र भएको हो ।

प्रहरीले काठमाडौं महानगरपालिका-१६ बालाजु सुकुम्बासी टोलबाट शनिबार २ किलोभन्दा धेरै गाँजा बरामद गरेको छ ।

प्रहरीले सुकुम्बासी बस्तीबाट २ किलो १ सय २० ग्राम गाँजा शनिबार दिउँसो बरामद गरेको हो ।

त्यसक्रममा प्रहरीले १ लाख ८० हजार ३ सय ५० रूपैयाँ पनि बरामद गरेको छ । गाँजा र उक्त परिमाणको रकमसहित मोरङको बेलबारी नगरपालिका-६ निवासी ३० वर्षीया निकु राईलाई प्रहरीले पक्राउ गरेको छ ।

उता बाराको सिम्रौनगढ नगरपालिका-५ ठुलो इँट्टवालबाट गूऔषध गाँजा २ सय १ किलोग्रामसहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा धादिङको नीलकण्ठ नगरपालिका-८ बस्ने २२ वर्षीय सुजन अधिकारी र धादिङै ज्वालामुखी गाउँपालिका-१ बस्ने २३ वर्षीय रमेश नेपाली छन् ।

इलाका प्रहरी कार्यालय सिम्रनगौढबाट खटिएको प्रहरीले सिम्रौनगढ नगरपालिका-५ ठूलो इँट्टवाल बस्ने मनोज कुमार साहको घरबाट गाँजासहित उनीहरूलाई पक्राउ गरेको हो ।

प्रहरीले लागूऔषध ओसारपसारमा प्रयोग गरेको बागमती प्रदेश ०१-०२९ च ६७५२ नम्बरको पिकअप गाडीसमेत बरामद गरेको छ । प्रहरीले फरार मनोजको खोजी गरिरहेको छ ।

पर्साकै वीरगञ्ज महानगरपालिका-१६ ईनर्वा भन्सार मेनगेटस्थित सडकबाट ५ किलो ७ सय २० ग्राम गाँजासहित पर्सा जगरनाथपुर गाउँपालिका-५ बस्ने १८ वर्षीय किशोरलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी इनर्वा र सशस्त्र प्रहरी बल नेपाल वीरगञ्जको टोलीले ती किशोरलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

अनुसन्धानको क्रममा भारत पुर्वी चम्पारण मोतिहारी थाना भेलाही मुसहरवा-२ बस्ने २२ वर्षीय नवरेज आलमसमेत गाँजा ओसारपसारमा संलग्न रहको खुलेपछि उनलाई समेत पक्राउ गरिएको छ ।

प्रकाशित मिति : १६ असार २०८१, आइतबार  १२ : ५१ बजे

‘बजारमा ग्यासको हाहाकार : सरकार भन्छ, ‘आपूर्ति सहज छ’

काठमाडौँ – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा खाना पकाउने

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल साउन २० गते बुधबार सन् २०२६

आज २०८३ साल साउन २० गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन २० गते बुधबार सन् २०२६

‘स्ट्रेट अफ होर्मुज’ मा कार्गो जहाजमा प्रहार

काठमाडौँ- ‘स्ट्रेट अफ होर्मुज’ मा ओमानको तट नजिकै एउटा कार्गो