गाँजाविरुद्ध कठोर प्रहरी, तीन स्थानबाट २०८ किलो बरामद « Khabarhub

गाँजाविरुद्ध कठोर प्रहरी, तीन स्थानबाट २०८ किलो बरामद


१६ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गाँजा खुलाउन संघदेखि प्रदेश सरकारसमेत कानुन निर्माणमा जुटेका बेला प्रहरीले भने नष्ट र बरामद अभियान तीव्र पारेको छ ।

वर्तमान कानुनअनुसार प्रतिबन्धित लागुऔषको सूचीमा रहेको गाँजाविरुद्ध प्रहरीको कारबाही तीव्र भएको हो ।

प्रहरीले काठमाडौं महानगरपालिका-१६ बालाजु सुकुम्बासी टोलबाट शनिबार २ किलोभन्दा धेरै गाँजा बरामद गरेको छ ।

प्रहरीले सुकुम्बासी बस्तीबाट २ किलो १ सय २० ग्राम गाँजा शनिबार दिउँसो बरामद गरेको हो ।

त्यसक्रममा प्रहरीले १ लाख ८० हजार ३ सय ५० रूपैयाँ पनि बरामद गरेको छ । गाँजा र उक्त परिमाणको रकमसहित मोरङको बेलबारी नगरपालिका-६ निवासी ३० वर्षीया निकु राईलाई प्रहरीले पक्राउ गरेको छ ।

उता बाराको सिम्रौनगढ नगरपालिका-५ ठुलो इँट्टवालबाट गूऔषध गाँजा २ सय १ किलोग्रामसहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा धादिङको नीलकण्ठ नगरपालिका-८ बस्ने २२ वर्षीय सुजन अधिकारी र धादिङै ज्वालामुखी गाउँपालिका-१ बस्ने २३ वर्षीय रमेश नेपाली छन् ।

इलाका प्रहरी कार्यालय सिम्रनगौढबाट खटिएको प्रहरीले सिम्रौनगढ नगरपालिका-५ ठूलो इँट्टवाल बस्ने मनोज कुमार साहको घरबाट गाँजासहित उनीहरूलाई पक्राउ गरेको हो ।

प्रहरीले लागूऔषध ओसारपसारमा प्रयोग गरेको बागमती प्रदेश ०१-०२९ च ६७५२ नम्बरको पिकअप गाडीसमेत बरामद गरेको छ । प्रहरीले फरार मनोजको खोजी गरिरहेको छ ।

पर्साकै वीरगञ्ज महानगरपालिका-१६ ईनर्वा भन्सार मेनगेटस्थित सडकबाट ५ किलो ७ सय २० ग्राम गाँजासहित पर्सा जगरनाथपुर गाउँपालिका-५ बस्ने १८ वर्षीय किशोरलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी इनर्वा र सशस्त्र प्रहरी बल नेपाल वीरगञ्जको टोलीले ती किशोरलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

अनुसन्धानको क्रममा भारत पुर्वी चम्पारण मोतिहारी थाना भेलाही मुसहरवा-२ बस्ने २२ वर्षीय नवरेज आलमसमेत गाँजा ओसारपसारमा संलग्न रहको खुलेपछि उनलाई समेत पक्राउ गरिएको छ ।

प्रकाशित मिति : १६ असार २०८१, आइतबार  १२ : ५१ बजे

चक्रवात अर्नबको प्रहार, ८९ हजार विस्थापित

हैदराबाद– भारतको आन्ध्र प्रदेशको तटमा चक्रवात अर्नबले प्रहार गरेपछि कम्तीमा

मिठाइमा प्रयोग हुने कच्चा पदार्थ र मूल्य खुलाउन प्रशासनको निर्देशन

कञ्चनपुर– जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले मिठाई  व्यवसायीलाई आफ्ना उत्पादनमा प्रयोग

इजरायली चुनावमा कसैको स्पष्ट बहुमत नहुने सङ्केत

जेरुसेलम– इजरायलको आमनिर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धन कमजोर देखिएको छ

फेरिएको गद्दी, नफेरिएको बुद्धि

चन्द्रशमशेरको सेखपछि भीमशमशेरले आफूलाई प्रधानमन्त्री तथा श्री ३ महाराज घोषणा

किसानलाई धान भित्र्याउन भ्याइनभ्याई

राँझा– मौसम पूर्वानुमान महाशाखाले पानी पर्ने प्रक्षेपण गरेसँगै बाँकेका किसानलाई यतिबेला