सत्तारुढ नेकपा एकीकृत समाजवादीको दशौं महाधिवेशन सुरु भएको छ।
देशभरबाट आएका प्रतिनिधिहरू अहिले भृकुटीमण्डपबाट र्यालीसहित कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा आइपुगेका छन् ।
र्याली विभिन्न जातजातिको झाँकी पनि प्रदर्शन गरिएको छ । केही सहभागीले विभिन्न खाद्य पदार्थको माला पनि लगाएका थिए ।
र्यालीमा पार्टीनिकट विभिन्न जनवर्गीय संगठनहरूका प्लेकार्ड तथा ब्यानरहरू पनि देखाइएको थियो ।
एकीकृत समाजवादीको महाधिवेशन आगामी असार २० गतेसम्म प्रज्ञा भवन कमलावदीमा हुँदैछ ।
समाजवादीले एमालेको लिगेसी आफूसँग रहेको भन्दै महाधिवेशनलाई दशौँ भनेको हो । एमालेले यसअघि चितवनमा १० औँ महाधिवेशन गरिसकेको छ ।
प्रतिक्रिया