प्रधानमन्त्री, ओली र लामिछानेबीच सिंहदरबारमा वार्ता « Khabarhub

प्रधानमन्त्री, ओली र लामिछानेबीच सिंहदरबारमा वार्ता


१६ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टिका सभापति रवि लामिछानेबीच सिंहदरबारमा वार्ता भइरहेको छ ।

करिब आधा घण्टा अघिदेखि चलिरहेको उक्त वार्तामा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको बताइएको छ।

गृहमन्त्री लामिछानेको सचिवालयका अनुसार यो वार्तामा पछिल्ला विकसित घटनाक्रमहरूका विषयमा चर्चा हुने छ।

शनिबार मात्रै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष ओलीलाई बालकोट पुगेर भेटेका थिए ।

देउवाको बालकोट यात्रालाई सत्ता गठबन्धनमा समस्या निम्तिएको ब्याख्या भइरहेका बेला आइतबार तीन नेता जुटेका हुन् ।

पछिल्लो समय एमाले अध्यक्ष ओलीले बजेटमा असन्तुष्टि देखाएका थिए। यद्यपि एमालेको समेत समर्थनमा आगामी आर्थिक वर्षको बजेट पारित भइसकेको छ।

यसबीचमा रास्वपा सभापति लामिछानेमाथि सहकारीको बचत हिनामिनासम्बन्धी प्रकरणमा संसदीय समितिले छानबिन अघि बढाएको छ ।

समितिले उनी तत्कलीन अवस्थामा प्रबन्ध निर्देशक रहेको गोर्खा मिडिया नेट्वर्कमाथि समितिले छानबिन थालेको छ । उक्त गोर्खा मिडिया नेट्वर्कले चलाएको ग्यालेक्सी टेलिभिजनमा पोखरा र बुटवलका दुई सहकारीको बचत लगानी गरेको भेटिएको छ ।

शनिबार मात्रै प्रधानमन्त्री प्रचण्डले अब प्रचण्ड’ ले विचारधारात्मक प्रश्नहरूमा समान दृष्टिकोण निर्माण गर्दै कम्युनिष्ट एवम् वामपन्थी शक्तिहरू एकतामा पुग्नुपर्ने कुरामा आफू र आफू नेतृत्वको पार्टी स्पष्ट रहेको बताएका थिए ।

उनले यसो भनिरहँदा देउवाले पत्नी आरजुलाई पनि साथमा लिएर सत्ता साझेदार एमाले अध्यक्ष ओलीसँग शनिबार ३ घण्टा लामो संवाद गरेका थिए ।

प्रकाशित मिति : १६ असार २०८१, आइतबार  २ : १९ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्