प्रभु बैंकले ल्यायो भिजा बिजनेस डेबिट कार्ड « Khabarhub

प्रभु बैंकले ल्यायो भिजा बिजनेस डेबिट कार्ड


१६ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रभु बैंकले भिजा ईन्टरनेशनलसँगको सहकार्यमा प्रभु बिजनेस डेबिट कार्ड सेवा आजदेखि सञ्चालनमा ल्याएको छ ।

यो कार्ड सेवा अन्तर्राष्ट्रिय रूपमै व्यावसायिक कारोबारको सरल र सुरक्षित विद्युतीय भुक्तानीको माध्यम मानिने बैंककाे दाबी छ  ।

यस कार्ड बैंकमा चल्ती खाता खोली कारोबार गर्ने/गरिरहेका खाताधनीलाई लक्षित गरी डेबिट कार्ड सम्बन्धी सुविधा उपलब्ध गराउने अभिप्रायले यो सेवाको थालनी गरिएको हो । यो बिजनेस डेबिट कार्ड विशेष गरी व्यापारिक प्रयोजन लागि मात्र लक्षित छ ।

व्यापारिक घरानाहरू, फर्महरू, कम्पनीहरू, कर्पोरेट र व्यापारिक घरानाहरू, स्कुल तथा कलेज र विश्वविद्यालयहरू, होटल र रेस्टुरेन्टहरू, अस्पतालहरू आदिमा सीमित हुन सक्दछन् जसले आफ्ना व्यापारीहरू, विक्रेताहरू, आपूर्तिकर्ताहरू र सेवा प्रदायक आदिलाई नियमित रूपमा साना र ठुला भुक्तानीहरू गर्दछन् । यो कार्ड मार्फत गरिएको भुक्तानी सुरक्षित रहन्छ ।

बिजनेस डेबिट कार्डको मद्दतले भुक्तानी आवश्यकताहरू लाई केन्द्रीकृत गरेर तत्काल लाभ उठाउन सकिने बैंकले जनाएको छ ।

 

 

प्रकाशित मिति : १६ असार २०८१, आइतबार  २ : २८ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार