रञ्जिताको शुभकामना : महाधिवेशनले एकीकृत समाजवादीलाई नयाँ युगमा लैजाओस् « Khabarhub

रञ्जिताको शुभकामना : महाधिवेशनले एकीकृत समाजवादीलाई नयाँ युगमा लैजाओस्


१६ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले अहिले संविधान रक्षा गर्दै देश विकासमा अघि बढ्नुपर्ने बताएकी छन् ।

नेकपा एकीकृत समाजवादीको आइतबार प्रज्ञा भवनमा सुरु दशौँ राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो भनेकी हुन्।

‘पार्टीको महाधिवेशन सफलताको शुभकामना व्यक्त गर्दछु । अब हामीले संविधान निर्माण र त्यसको कार्यान्वयन र रक्षा गर्दै समग्र राष्ट्रको विकाससँग नागरिकका हकहितका लागि दशकौँदेखि गर्दै आएको संघर्षलाई हामी उच्च सम्मान गर्छौं’, उनले भनिन्, ‘दलहरूले जनताको समस्या र आकांक्षालाई सम्बोधन गर्दै देशलाई समृद्धि र स्थायित्वको मार्गमा डोर्‍याउन सक्नुपर्छ ।’

उनले जातीय विभेदलाई अन्त्य गर्दै भ्रष्टाचाररहित समाज बनाउनुपर्ने बताइन् । ‘पहिचानको आधारमा दिगो विकासको सिद्धान्त बोकेर हामी हिँडिरहेका छौं। यो महाधिवेशनले एकीकृत समाजवादीलाई अझ सशक्त र एकताबद्ध गरोस्’, उनले भनिन्, ‘नयाँ नीति रणनीति र कार्यक्रमको मस्यौदा तयार गर्न अवसर प्रदान गर्ने विश्वास लिएकी छु। महाधिवेशनले पार्टीका सदस्यहरूलाई नयाँ युगमा प्रवेश गराउने विश्वास हामीले लिएका छौँ ।’

प्रकाशित मिति : १६ असार २०८१, आइतबार  ३ : ११ बजे

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर

पहिरोका कारण मङ्गलामा १६६ परिवार प्रभावित

म्याग्दी – गत असोज महिनाको दोस्रो साता परेको निरन्तरको झरीपछिको

अवरुद्ध बिपी राजमार्ग सञ्चालन

काभ्रे – अविरल वर्षाका कारण अवरुद्ध बनेको बिपी राजमार्गका विभिन्न

जनकपुरले पोखरालाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले