रञ्जिताको शुभकामना : महाधिवेशनले एकीकृत समाजवादीलाई नयाँ युगमा लैजाओस् « Khabarhub

रञ्जिताको शुभकामना : महाधिवेशनले एकीकृत समाजवादीलाई नयाँ युगमा लैजाओस्


१६ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले अहिले संविधान रक्षा गर्दै देश विकासमा अघि बढ्नुपर्ने बताएकी छन् ।

नेकपा एकीकृत समाजवादीको आइतबार प्रज्ञा भवनमा सुरु दशौँ राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो भनेकी हुन्।

‘पार्टीको महाधिवेशन सफलताको शुभकामना व्यक्त गर्दछु । अब हामीले संविधान निर्माण र त्यसको कार्यान्वयन र रक्षा गर्दै समग्र राष्ट्रको विकाससँग नागरिकका हकहितका लागि दशकौँदेखि गर्दै आएको संघर्षलाई हामी उच्च सम्मान गर्छौं’, उनले भनिन्, ‘दलहरूले जनताको समस्या र आकांक्षालाई सम्बोधन गर्दै देशलाई समृद्धि र स्थायित्वको मार्गमा डोर्‍याउन सक्नुपर्छ ।’

उनले जातीय विभेदलाई अन्त्य गर्दै भ्रष्टाचाररहित समाज बनाउनुपर्ने बताइन् । ‘पहिचानको आधारमा दिगो विकासको सिद्धान्त बोकेर हामी हिँडिरहेका छौं। यो महाधिवेशनले एकीकृत समाजवादीलाई अझ सशक्त र एकताबद्ध गरोस्’, उनले भनिन्, ‘नयाँ नीति रणनीति र कार्यक्रमको मस्यौदा तयार गर्न अवसर प्रदान गर्ने विश्वास लिएकी छु। महाधिवेशनले पार्टीका सदस्यहरूलाई नयाँ युगमा प्रवेश गराउने विश्वास हामीले लिएका छौँ ।’

प्रकाशित मिति : १६ असार २०८१, आइतबार  ३ : ११ बजे

करदाता प्रोत्साहन कार्यक्रमको बम्पर उपहार घोषणा, सन्तमायाले जितिन् १० लाख रुपैयाँ

काठमाडौं– नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गर्दा

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका

‘तेस्रो विश्वयुद्धजस्तै अवस्था’ भन्दै कंगनाले किन सम्झिइन् मोदीको नेतृत्व ?

काठमाडौं – बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) की

बाघ शिकारीको भूमिकामा अक्षय कुमार, प्रियदर्शनसँग फेरि सहकार्य

काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार र निर्देशक प्रियदर्शन नयाँ