सीके राउतको प्रश्न : पार्टीको नाम जस्तै समाजवादी यात्रामा हिँडेका छौँ ? « Khabarhub

सीके राउतको प्रश्न : पार्टीको नाम जस्तै समाजवादी यात्रामा हिँडेका छौँ ?


१६ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

 

जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत (सीके) ले आफूलाई नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी पार्टीको नाम मन परेको बताएका छन् ।

समाजवादीको आइतबार प्रज्ञा भवनमा सुरु दशौँ राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘जति मलाई नाम मन पर्छ, ठूलो डर पनि लाग्छ । जहिले पनि नेकपा एसलाई सम्झिँदा त्यही सम्झिन्छु। लोकतान्त्रिकदेखि गणतान्त्रिक आन्दोलन र संविधान निर्माणमा ठूलो भूमिका खेलेका नेता र कार्यकर्ताहरूको पार्टीकै रुपमा सम्झन्छु’, उनले भने, ‘म दुई चारवटा कुरा मात्रै यहाँ उठाउन आएको । मैले सुरुमै भने मलाई यो पार्टी एकदम प्यारो लाग्छ, तर डर पनि लाग्छ । किनभन्दा ३० दिनमा १५ दिन पाँच तारे होटलमा गएर खाना खानुपर्ने अवस्था छ । जहाँ चाहिँ ३०/४० प्रतिशत जनता गरिबीको रेखामुनि बाँचिराखेका छन् भने म आफूलाई समाजवादी भन्ने कि नभन्ने?’

उनले निजी अस्पताल वा विदेशमा उपचार गराउन जाने मान्छे समाजवादी हो कि होइन ? भनेर प्रश्न गरे । ‘जुन आधारभूत आवश्यकता छन्, ती पूरा हुन नसकेकाले मलाई डर लाग्छ’, उनले भने, ‘गान्धीले चाहिँ धोती लगाएर राजनीति गरे । नेपालमा लाखौँ बेरोजगारी देख्दा डर लाग्छ । त्यही भएर यो मेरो प्रश्न हो । मैले विरोध गरेको होइन, के हामीले नाम जस्तै समाजवादी बाटोमा पार्टी पनि हिँडाइरहेका छौँ ?

प्रकाशित मिति : १६ असार २०८१, आइतबार  ३ : २९ बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको