सीके राउतको प्रश्न : पार्टीको नाम जस्तै समाजवादी यात्रामा हिँडेका छौँ ? « Khabarhub

सीके राउतको प्रश्न : पार्टीको नाम जस्तै समाजवादी यात्रामा हिँडेका छौँ ?


१६ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

 

जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत (सीके) ले आफूलाई नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी पार्टीको नाम मन परेको बताएका छन् ।

समाजवादीको आइतबार प्रज्ञा भवनमा सुरु दशौँ राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘जति मलाई नाम मन पर्छ, ठूलो डर पनि लाग्छ । जहिले पनि नेकपा एसलाई सम्झिँदा त्यही सम्झिन्छु। लोकतान्त्रिकदेखि गणतान्त्रिक आन्दोलन र संविधान निर्माणमा ठूलो भूमिका खेलेका नेता र कार्यकर्ताहरूको पार्टीकै रुपमा सम्झन्छु’, उनले भने, ‘म दुई चारवटा कुरा मात्रै यहाँ उठाउन आएको । मैले सुरुमै भने मलाई यो पार्टी एकदम प्यारो लाग्छ, तर डर पनि लाग्छ । किनभन्दा ३० दिनमा १५ दिन पाँच तारे होटलमा गएर खाना खानुपर्ने अवस्था छ । जहाँ चाहिँ ३०/४० प्रतिशत जनता गरिबीको रेखामुनि बाँचिराखेका छन् भने म आफूलाई समाजवादी भन्ने कि नभन्ने?’

उनले निजी अस्पताल वा विदेशमा उपचार गराउन जाने मान्छे समाजवादी हो कि होइन ? भनेर प्रश्न गरे । ‘जुन आधारभूत आवश्यकता छन्, ती पूरा हुन नसकेकाले मलाई डर लाग्छ’, उनले भने, ‘गान्धीले चाहिँ धोती लगाएर राजनीति गरे । नेपालमा लाखौँ बेरोजगारी देख्दा डर लाग्छ । त्यही भएर यो मेरो प्रश्न हो । मैले विरोध गरेको होइन, के हामीले नाम जस्तै समाजवादी बाटोमा पार्टी पनि हिँडाइरहेका छौँ ?

प्रकाशित मिति : १६ असार २०८१, आइतबार  ३ : २९ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।