सभापति लामिछाने भन्छन् : भाषणमा जनताको चिन्ता गर्ने नेताहरू व्यवहारमा उल्टो छन् « Khabarhub

सभापति लामिछाने भन्छन् : भाषणमा जनताको चिन्ता गर्ने नेताहरू व्यवहारमा उल्टो छन्


१६ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रव लामिछानेले अहिले लोकतन्त्रलाई खतरा आयो भनेर चिन्ता लिनुपर्ने जरुरी नभएको बताएका छन् ।

नेकपा एकीकृत समाजवादीको आइतबार प्रज्ञा भवनमा सुरु दशौँ राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यसो भनेका हुन् ।

‘धेरै लामो समय यहाँहरूको लिन चाहन्न। पछि जन्मिएकोले धेरै ठूलो कुरो गर्नु हुँदैन। म बढी बोल्दिन । म बोलीले पीडित भएको हुनाले यसलाई घटाउँछु । एउटा कुरा चाहिँ मैले भनेँ, २००७ सालदेखि आजसम्म सधैँभरि लोकतन्त्रमा खतरा खतरा । आज पनि यो मञ्चमा त्यही कुरा गरिँदैछ’, उनले भने, ‘हामीले सबै चिज प्राप्त गरिसक्यौँ । अधिकारका रुपमा, संविधानका रुपमा, व्यवस्थाका रुपमा पाइसकेका छौँ ।’

उनले अहिले पनि नेताहरूले लोकतान्त्रिक गणतान्त्रिक संविधान खतरामा रहेको भनेकोमा उनले गुनासो गरे । ‘हामीले सबै कुरा प्राप्त गरिसक्दा पनि मुलुक बडो विषम परिस्थितिमा छ। लोकतन्त्रलाई खतरा छ भनिएको छ’, उनले भने, ‘गरिब किसानहरूले, मजदुरहरूले, काम गरेर खाने मान्छेहरुले खतरामा पारे कि अरु कसले अप्ठ्यारोमा पार्यो ?’, उनले भने, ‘आमजनता सधैँ नेतृत्वको प्राथमिकतामा पर्नु पर्छ। तर यहाँ त अलग अलग भयो । नेताहरूले लोकतान्त्र खतरा पारेकोमा चिता लिनु पर्दैन । जनताले लिन्छ्न ।’

सभापति लामिछानेले संविधान बदल्दा पनि, व्यवस्था बदल्दा पनि जनताले चाहे जस्तो उपलब्धि नपाएको बताए। ‘अझै पनि तल्लो तहको, पिँधको मान्छेले अधिकार प्राप्त गर्न सकेको छैन’, उनले भने, ‘हाम्रा राजनीतिक सहमतिले आमजनतालाई राहत दिनुपर्छ। राष्ट्रिय सहमति गर्न केमा गर्ने हो? रोजगारी सिर्जना गर्ने हो कि के मा ? कसले रोक्छ, त्यसो गर्न ? भाषामा जनताको चिन्ता छ । तर नेताहरूको मनमा जनताको चिन्ता छैन ।’

प्रकाशित मिति : १६ असार २०८१, आइतबार  ३ : ५० बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका