‘प्रचण्ड अस्थिर भएकैले जनयुद्ध भयो, यो सरकार बन्यो, अब वामपन्थी मिल्छन्’ | Khabarhub Khabarhub

‘प्रचण्ड अस्थिर भएकैले जनयुद्ध भयो, यो सरकार बन्यो, अब वामपन्थी मिल्छन्’


१६ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई अस्थिर भनिएकोमा गुनासो गरेका छन् ।

एकीकृत समाजवादीले १० औं महाधिवेशनको राजनीतिक दस्तावेजमा आफूलाई अस्थिर भनेकोमा दुखेसो गर्दै अब वामपन्थी एकतामा जानुपर्ने बताएका हुन् ।

समाजवादीको १० औं महाधिवेशनको उद्घाटन समारोहलाई आइतबार प्रज्ञा भवनमा सम्बोधनका क्रममा आफ्नो अस्थिर स्वभावकै कारण जनयुद्ध सम्भव भएको बताए ।

उनले पञ्चायतकालदेखि नै आफू र माधवकुमार नेपालले लोकतन्त्रको पक्षमा सहकार्य गरेको पनि बताएका छन् ।

‘जतिबेला पञ्चायतविरोधी आन्दोलन चल्दै थियो । त्यहीबेला माधव नेपाल र मबीच अन्तरक्रिया भयो । पछि हामी लोतन्त्र रक्षाका निम्ति हामीले खेलेको सामूहिक भूमिका पनि यहाँहरू सबैलाई राम्रोसँग थाहा छ’, उनले भने, ‘अहिले हामी हामी सँगै छौँ। विचार र संगठनात्मक कार्यदिशाको आधारमा वामपन्थी एकताक लागि हामीले पहल गर्नुपर्नेछ।’

उनले समाजवादीको यो महाधिवेशनले संगठन सुदृढ गर्न सही कार्यदिशाको विकास गर्ने विश्वास जनाए । ‘कम्युनिस्ट र वामपन्थी एकताका निम्ति पनि सही पहलकदमीको निर्णय गर्ने यो महाधिवेशनले गर्नेछ’, उनले भने, ‘कम्युनिस्टहरूले पनि निराशावादको पक्ष पोषण र प्रचार गरेको देख्दैछौँ । यसलाई यो महाधिवेशनले चिरेर लान्छ भन्ने विश्वास गर्ने चाहन्छु ।’

उनले नेपाली जनताले गरेको संघर्ष र बलिदानका कारण यो उपलब्धि भएको बताए । ‘पार्टीहरूले जनआन्दोलनको नेतृत्व गर्दै आएका छन् । त्यो आन्दोलनबाट नेताहरू परिवर्तनका निम्ति, समृद्धिको निम्ति अझै ठूलो अभियानका लागि तयार हुनुपर्छ ।’

उनले आफू नेतृत्वको सरकारले भ्रष्टाचारविरोधी अभियान चलाउँदा उल्टै आरोप लाग्ने गरेको गुनासो पोखे । ‘मैले भष्टलाई कारबाही गरि रहेको छु । तर यहाँ फेरि सबै भ्रष्ट मात्रै छन् भन्ने व्याख्या गरिएको छ’, उनले भने ।

उनले देशका सबै देशभक्त र वामपन्थी शक्तिहरु एकताबद्ध भएर जनताको आवश्यकता र चाहनालाई सुशासन सामाजिक न्याय र समृद्धिको आकांक्षालाई सम्बोधन गर्न सक्नुपर्ने बताए ।

उनले समाजवादीको दस्तावेजमा आफूलाई अस्थिर भनेकोमा पनि चित्त दुखाए । ‘प्रचण्ड अस्थिर नभएको भए भएको भए जनयुद्ध हुँदैन थियो’, उनले भने, ‘जसलाई सम्मान गर्नुपर्ने थियो, त्यसलाईअपमान गरिनु हुँदैन नि ! प्रचण्ड अस्थिर नभएको भए यो सरकार पनि बन्दैन थियो ।’

प्रकाशित मिति : १६ असार २०८१, आइतबार  ४ : २२ बजे

यी भूभागमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इरानले इजरायलमा गर्‍यो मिसाइल प्रहार

इरान – इजरायलले गरेको आक्रमणको प्रतिकार स्वरूप इरानले बालिस्टिक मिसाइल

शनिबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमय

जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल जेठ ३१ गते शनिबार। असार

आज २०८२ साल जेठ ३१ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल जेठ ३१ गते शनिबार। असार