सत्ति भन्सारद्वारा नौ करोड राजश्व सङ्कलन « Khabarhub

सत्ति भन्सारद्वारा नौ करोड राजश्व सङ्कलन


१६ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


645
Shares
  • change font
  • change font
  • change font

लम्की– कैलालीको सत्ति भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८०/८१ को ११ महिनामा नौ करोड ८० लाख ७८ हजार रुपैयाँ राजश्व सङ्कलन गरेको छ ।

सत्ति भन्सार कार्यालयले चालु आवमा १२ करोड एक लाख ४७ हजार रुपैयाँ राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । अबको १५ दिनमा उक्त लक्ष्यमा पुग्न मुश्कील हुने देखिन्छ । गत वर्षको तुलनामा यस वर्ष राजश्व बढ्ने सत्ति भन्सार कार्यालयका प्रमुख दिनहरि सापकोटाले बताए  ।

गत आर्थिक वर्षमा सो भन्सार कार्यालयले १६ करोड ९४ लाख ४१ हजार रुपैयाँ राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । तर सो आवमा सात करोड ५० लाख ४० हजार रुपैयाँ मात्र राजश्व सङ्कलन भएको प्रमुख सापकोटाले बताए । ‘यस वर्ष हामी लक्ष्य प्राप्तिको नजिक पुगेका छौँ’, उनले भने ।

सत्ति भन्सार कार्यालयले प्रशासनिक सेवा शुल्कबापत ६४ हजार रुपैयाँ, बेरुजुबाट एक लाख रुपैयाँ, एकलौटी फार्म तथा व्यक्तिगत आयमा लाग्ने करतर्फ ४१ हजार रुपैयाँ, अन्तःशुल्क आयातमा २३ लाख ११ हजार रुपैयाँ, भन्सार महसुल आयातमा पाँच करोड एक लाख रुपैयाँ, कृषि सुधार शुल्कमा एक लाख आठ हजार रुपैयाँ, भन्सार सम्बन्धी अन्य आयमा ६ लाख ३९ हजार रुपैयाँ, मूल्य अभिवृद्धि कर आयातमा चार करोड ४६  लाख ९७ हजार रुपैयाँ तथा हरित करबाट चार हजार रुपैयाँ राजश्व सङ्कलन भएको प्रमुख सापकोटाले बताए ।

सत्ति भन्सार भएर आयातको तुलनामा निर्यात शून्य रहेको छ । यस बाहेक जिल्लामा धनगढीस्थित त्रिनगर भन्सार कार्यालय रहेको छ । सो भन्सार भएर खाद्यान्न, लत्ताकपडा, दैनिक उपभोग्य सामग्री तेकुनियाँ भएर आयात गरिँदै आएको छ ।

खुला सीमाका कारण राजश्व सङ्कलनमा समस्या भएको प्रमुख सापकोटाको भनाइ छ ।

प्रकाशित मिति : १६ असार २०८१, आइतबार  ४ : ४१ बजे

आज २०८३ साल भदौ २७ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २७ गते शनिबार सन् २०२६

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि