माधवको गुनासो : एमालेतिर फोन, म्यासेज गरेँ, पिए लगाएँ तर कोही आएनन् « Khabarhub

माधवको गुनासो : एमालेतिर फोन, म्यासेज गरेँ, पिए लगाएँ तर कोही आएनन्


१६ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


486
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले दशौँ महाधिवेशनमा नेकपा एमालेका कोही नआएकोमा गुनासो गरेका छन् ।

समाजवादीको १० औं महाधिवेशनको उद्घाटन समारोहलाई आइतबार प्रज्ञा भवनमा सम्बोधन गर्दै उनले एमालेबाट कोही नआएकोमा चित्त दुखाए ।

‘मैले एमालेका साथीहरूलाई पनि बोलाएको हुँ, म्यासेज पनि गरेको हो । फोन लागेन । उहाँहरुलाई म्यासेज पुगेको थाहा पाएँ तर आउनु भएन’, उनले भने, ‘तीन वर्षअगाडिको घाउ अझै सेलाएको छैन भन्ने मैले बुझेँ । तर यस्ता सानातिना कुरा बिर्सिएर जानुपर्छ ।’

उनले राजनीति सँगसँगै गर्ने भएकाले यात्रा अगाडि बढाउन सच्चिएर अगाडि जानुपर्ने बताए । ‘विगतको कमी कमजोरीलाई पहिल्याउँदै अगाडि जानुपर्छ’, उनले भने, ‘एमाले नेताहरूलाई फोन गरेँ । पिए पनि लगाएँ । म्यासेज पनि पठाएँ । तीन वर्ष अघिको घाउ अब पचाएर जानु उचित हुन्छ । सचिवालयमार्फत खबर पठाउँदा पनि यहाँ कोही देखिनँ ।’

प्रकाशित मिति : १६ असार २०८१, आइतबार  ४ : ५४ बजे

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर