घट्दो शेयर बजार – के भन्छन् लगानीकर्ता ? « Khabarhub

अर्थ

घट्दो शेयर बजार – के भन्छन् लगानीकर्ता ?


१४ भाद्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गत भदौ २ गतेबाट शेयर बजार घट्दो क्रममा छ । सो दिन २४ अङ्कले घट्न सुरु गरेको शेयर बजार हिजो (भदौ १३ गते बिहीबार) सम्म २१६.५७ अङ्कले घटिसकेको छ ।

यसबीच तीन दिन बजार बढे पनि झिनो अङ्कले बढेकाले समग्रमा बजारमा ठूलो गिरावट आएको छ । बजार घट्दा ठूलो अङ्कले घट्ने र बढ्दा झिनो अङ्कले बढ्ने भएकाले बजारमा २१६ अङ्कले पछिल्लो साता कारोबार नै घटेको छ ।

बजार घट्न सुरु भएसँगै कारोबार समेत घट्न थालेको छ । भदौ २ गते २८ अर्ब २७ करोड रुपैयाँ कारोबार भएकोमा दिनहुँ घट्दै भदौ १३ सम्म १२ अर्ब ६ करोड रुपैयाँमा सीमित भएको छ ।

नेप्से सूचक र कारोबार रकमसँगै शेयर किनबेच पनि घटेको छ । भदौ २ गते पाँच करोड ६८ लाख कित्ता शेयर किनबेच भएकोमा भदौ १३ सम्म आउँदा २ करोड ३७ लाख कित्ता मात्र किनबेच भएको छ ।

तर, अहिले शेयर बजारको लागि माहोल राम्रो भएको र अहिले केही आत्तिन नहुने शेयर बजारका विज्ञ छोटेलाल रौनियार बताउँछन् । ‘मैले धेरै बुल मार्केट देखेको छु, तर अहिलेको जस्तो सबै चिज मिलेको मार्केट देखेको थिइन’, रौनियारले भने, ‘बजारमा करेक्सन आएको छ, अझै केही करेक्सन आउन पनि सक्छ । तर बजार भने माथि नै जान्छ ।’

अहिले बैङ्कमा पैसा थुप्रिएको छ, बैङ्कहरूले आफ्नो पैसा लगेर राष्ट्र बैङ्कलाई बुझाउनु पर्ने अवस्था आएको छ, संस्थागत लगानीकर्तालाई लागाएको क्याप हटेको छ, बैङ्कहरूको कर्जाको ब्याजदर एकल अङ्कमा झरेको छ, सबैतिरबाट राम्रो माहोल बनेको छ

अहिले प्रधानमान्त्री, अर्थमन्त्री र गर्भनर पनि एउटै लाइनको भएकाले पनि सकारले लिने नीति शेयर बजारमैत्री हुने भएकाले बजार माथि जाने रौनियारको विश्वास छ । ‘अहिले बैङ्कमा पैसा थुप्रिएको छ, बैङ्कहरूले आफ्नो पैसा लगेर राष्ट्र बैङ्कलाई बुझाउनु पर्ने अवस्था आएको छ’, रौनियारले भने, ‘संस्थागत लगानीकर्तालाई लागाएको क्याप हटेको छ, बैङ्कहरूको कर्जाको ब्याजदर एकल अङ्कमा झरेको छ, सबैतिरबाट राम्रो माहोल बनेको छ ।’

नेप्से २५ सय बिन्दुमा पुग्नुभन्दा पहिले शेयर नसकेका व्यक्तिले केही हल्ला गरेर बजारमा केही असर परेको रौनियारको बुझाइ छ । ‘प्रधानमन्त्रीले महिला प्रधानमन्त्री बनाउने कुरा गर्नुभयो, सामाजिक सञ्जालमा पनि बजार घटाउन अनेक खाल्का हल्ला चलाइयो, त्यसले पनि बजारलाई केही असर गरेको हो’, रौनियारले भने, ‘दुई हजार बिन्दुमा किनेका व्यक्तिले आफ्नो प्रफिट बुक पनि गरेका छन्, त्यसले पनि बजार घटेको छ ।’

इन्भेष्टमेन्ट फोरमका अध्यक्ष तुलसीराम ढकाल पनि अहिले बजारको करेक्सन भएको बताउँछन् । छोटो समयमा नै बजार हजार अङ्कले बढेकाले अहिले बजारमा करेक्सन आएको ढकालको भनाइ छ ।

‘सगरमाथा चड्दा दौडेको दौडै गरे चुचुरोमा पुगिँदैन’, ढकालले भने, ‘बेस क्याममा बसेर आराम गर्दै सगरमाथा चढ्नुपर्छ । अहिले शेयर बजारले पनि बेस क्याम्पमा आराम गरेको हो ।’

पुरानो लगानीकर्ता यस्तो कुराबाट जानकार भएकाले केही फरक नपरेको ढकालको भनाइ छ । नयाँ लागनीकर्ता भने केही आत्तिएको जस्तो देखेको, तर त्यसरी नआत्तिन ढकालको आग्रह समेत छ । ‘बजार निरन्तर बढेको बढ्यै गर्दैन’, ढकालले भने, ‘शेयर बजार बढेको बढ्यै गरे सबै काम छाडेर यसैमा लागे त भइहाल्यो नि ! तर त्यस्तो हुँदैन ।’

केही व्यक्तिहरू केपी ओलीसँग मेरो कनेक्सन छ, अब बजार घट्छ भन्दै हिँडेको पनि देखियो,  त्यसो भन्दै हिँड्नेलाई कारबाही गर्नुपर्छ

बजारमा अध्ययन गरेर विचार गरेर लगानी गर्दा केही फरक नपर्ने ढकालको भनाइ छ । ‘अहिले देखिएको करेक्सन हो, बजार माथि जान्छ, त्यसमा कुनै दुईमत नै छैन ।’

अहिले शेयर बजार घट्नुको कारण एभरेष्ट होटलमा भएको एक कार्यक्रम समेत रहेको जनरल इन्भेष्टमेन्ट फोरमका अध्यक्ष दीपक कार्की आरोप लागाउनछन् । ‘केही व्यक्तिहरू केपी ओलीसँग मेरो कनेक्सन छ, अब बजार घट्छ भन्दै हिँडेको पनि देखियो’, कार्कीले भने, ‘त्यसरी भन्दै हिँड्नेलाई कारबाही गर्नुपर्छ ।’

बजार ३ हजार भन्दा माथि जाँदैन भन्दै टेक्निकल एनालाइसिस गर्नेहरूले पनि बजारको माहोल बिगारको कार्कीको भनाइ छ । तर त्यसमा लगानीकर्ता भने आत्तिन नहुने कार्कीको सुझाव छ । ‘अहिले क्यान्डल यस्तो र त्यस्तो भन्दै हिँडेका स्यालहरू बजार घटेका बेला कता थिए ?’, आक्रोश पोख्तै कार्की भन्छन्, ‘त्यस्ता व्यक्ति पछि जो लगानीकर्ता लागेका छन्, तिनीहरू जीवनभर माथि उठ्न नसक्ने गरी बजारमा डुब्छन् ।’

बजार बढ्ने देखेकैले अहिले आफूहरू शेयर बिक्रीमा आक्रामक रहेको नेपाल शेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डे बताउँछन् । ‘बजारमा करेक्सन आउनु थियो, आयो’, पाण्डेले भने, ‘आइतबार त्यहि दिन बजार करेक्सन भएपनि बजार भने त्यसपछि बढ्न थाल्छ ।’

नेप्से तीन हजार बिन्दु आसपास पुग्दा केही लगानीकर्ताले बेचेका कारण उनीहरूले नै बजार घटाउन खोजेको पाण्डेले सङ्केत गरे । ‘अहिले हामी किन्ने नभएर होल्ड गर्ने रणनीतिमा छौँ’, पाण्डेले भने ।

प्रकाशित मिति : १४ भाद्र २०८१, शुक्रबार  २ : ३५ बजे

कांग्रेसकाे १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यको नामावली स्वीकृत

काठमाडाैं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यहरूको

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौं – नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

कपिलवस्तु – बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि