सार्वजनिक ऋणलाई उत्पादनमूलक काममा खर्च गरिएको छ : अर्थमन्त्री | Khabarhub Khabarhub

सार्वजनिक ऋणलाई उत्पादनमूलक काममा खर्च गरिएको छ : अर्थमन्त्री


१६ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले सार्वजनिक ऋणलाई उत्पादनमूलक काममा लगाउन सरकार सचेत रहेको बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्र ऋण उठाउने विधेयक, २०८१ माथिको दफाबार छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री पुनले सार्वजनिक ऋणलाई उत्पादनमूलक काममा लगाएर रोजगारी वृद्धिमार्फत समृद्धि हासिलको यात्रामा सरकार अग्रसर भएको बताए ।

मन्त्री पुनले वित्त आयोगको सिफारिसका आधारमा खर्च परिचालन तथा ऋण व्यवस्थापन गर्दै आएको जानकारी गराउँदै विकास सहायता कार्यक्रम सम्झौता गर्दा कार्यान्वयनसम्बन्धी योजनासँगै समावेश गर्ने नीति लिइएको स्पष्ट गरे  ।

उनले राजस्व परिचलबाट मात्रै खर्च व्यवस्थापन गर्न नसकिएकाले आन्तरिक र बाह्य ऋण लिनुपरेको उल्लेख गर्दै सार्वजनिक ऋण वाञ्छनीय सीमाभित्रै रहेको छ जनाए । उनले नयाँ विकास साझेदार नीति लिइएको पनि अवगत गराए  ।

प्रकाशित मिति : १६ असार २०८१, आइतबार  ५ : ११ बजे

वैभव सूर्यवंशीको कीर्तिमानी शतकसँगै भारतले जित्यो शृङ्खला

काठमाडौं – वैभव सूर्यवंशीले फेरि विस्फोटक पारी खेलेपछि भारतीय यु-१९

आषाढ शुक्ल एकादशीः तुलसीको बिरुवा सारिँदै

काठमाडौं – प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल असार २२ गते आइतबार। असार

आज २०८२ साल असार २२ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २२ गते आइतबार। असार