सैपाल हिमालको काखमा टेलिकमको भिस्याट सेवा  | Khabarhub Khabarhub

सैपाल हिमालको काखमा टेलिकमको भिस्याट सेवा 


१६ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल टेलिकमले हुम्ला, बाजुरा र बझाङको सीमा सैपाल हिमालको काखमा अवस्थित रानीसैनमा टेलिफोन सेवा सञ्चालनमा ल्याएको छ ।

हुम्लाको नाम्खा गाउँपालिका-३ मा अवस्थित रानीसैनमा कम्पनीले भिस्याट प्रविधिबाट सेवा सुरु गरेको हो ।

बाजुरा सदरमुकाम मार्तडीदेखि गाडीमा एक दिन र त्यसपछि ४ दिन जति हिँडेर तथा हुम्ला सदरमुकाम सिमकोटदेखि गाडीमा तीन, चार घण्टा र एक दिन पैदल हिँडेर मात्र यो स्थानमा पुग्न सकिने स्थानीय बासिन्दा सोनाम लामाले बताए ।

यो भन्दा पहिले करिब २० किलोमिटर तल लाम्पाटा र माथि ५ हजार ५ सय मिटर उचाइको साके पुगेपछि मात्र मोबाइल नेटवर्क टिप्ने अवस्था थियो । अब भने यहाँका करिब ६ सय बासिन्दाले सहज तरिकाले आफन्तसँग कुराकानी गर्न पाएको लामाले सुनाए ।

भीस्याट सेवा सञ्चालनका लागि आवश्यक उपकरण हुम्लाको ताँजाकोट सीमानादेखि करिब चार दिनसम्म भरियामार्फत् बोकेर पुर्‍याइएको थियो । दुर्गम तथा अति विकट क्षेत्रका ग्रामीण तहसम्म दूरसञ्चार सेवाको पहुँच विस्तार गर्ने सरकारको नीतिअनुसार कम्पनीले सो क्षेत्रमा सेवा विस्तार गरेको प्रवक्ता हरि ढकालले जनाएका छन् ।

प्रतिफल कम आउने र तुलनात्मक रुपमा लगानी बढी हुने स्थानमा समेत समान रूपमा दूरसञ्चार सेवा विस्तार गर्ने क्रमलाई निरन्तरता दिँदै चालू आर्थिक वर्षमा दार्चुलाको टिंकर, रसुवाको गोसाईंकुण्ड, संखुवासभाको किमाथांकालगायतका स्थानमा भीस्याटमार्फत सेवा सञ्चालन गरिएको बताएका छन् ।

प्रकाशित मिति : १६ असार २०८१, आइतबार  ६ : ०८ बजे

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं – सङ्घीय संसद् राष्ट्रियसभाको बैठक १ः१५ बजे सङ्घीय संसद्

खर्च विधेयक पास भएपछि ट्रम्पले भने-‘अब अमेरिका रकेटकै गतिमा चल्छ’

वाशिङ्टन – लामो छलफल र बहसपछि अमेरिकी संसद्ले राष्ट्रपति डोनाल्ड

चार प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान

काठमाडौं– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून

कप्तान गिलको कीर्तिमानी दोहोरो शतक : के-के बने रेकर्ड ?

बर्मिङघम – कप्तान शुभमन गिलको सानदार दोहोरो शतकपछि भारतले इङ्गल्यान्ड

प्रधानमन्त्री ओली स्वदेश फर्कँदै

काठमाडौं– विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन स्पनेको