पाकिस्तानको बलुचिस्तानमा वर्षाका कारण छ जनाको मृत्यु « Khabarhub

पाकिस्तानको बलुचिस्तानमा वर्षाका कारण छ जनाको मृत्यु


१६ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

इस्लामाबाद– पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा विगत पाँच दिनदेखि परेको वर्षासँग सम्बन्धित घटनाहरूमा कम्तीमा छ जनाको मृत्यु हुनुका साथै अन्य २५ जना घाइते भएको बलुचिस्तानको प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरण (पिडिएमए) का अधिकारीहरूले आइतबार बताएका छन् ।

हालैको भारी वर्षाले प्रदेशका विभिन्न जिल्लामा पहिरो खसेको, प्रमुख राजमार्ग अवरुद्ध गरेको र धेरै सवारीसाधन अलपत्र परेका छन् ।

अलपत्र यात्रुको उद्धार र राहत कार्यका लागि विशेष टोली पठाइएको पिडिएमएले जनाएको छ ।

पाकिस्तानको राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरणका अनुसार देशमा आगामी दिनमा थप वर्षा हुने सम्भावना रहेकाले नागरिकहरूलाई सावधानी अपनाउन सल्लाह दिइएको छ ।

यसअघि देशको पञ्जाब प्रकोप व्यवस्थापन प्राधिकरणले जुलाईमा प्रान्तका केही भागमा भारी मनसुनी वर्षाका कारण शहरी बाढीको चेतावनी दिएको थियो । यस वर्ष ३५ प्रतिशत बढी वर्षा हुने अनुमान गरिएको थियो ।

प्रकाशित मिति : १६ असार २०८१, आइतबार  ६ : २८ बजे

दसैँका लागि असोज २३ देखि टिकट बुकिङ खुला

काठमाडौँ- यस वर्षको दसैँमा घर जाने यात्रुका लागि आगामी असोज २३

वनमन्त्री चौधरी र विश्व वन्यजन्त कोषका प्रतिनिधिबीच छलफल

काठमाडौँ– कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीसँग विश्व वन्यजन्तु कोष

भारतमा राहुल गान्धीसहित विपक्षी नेता हिरासतमा

नयाँदिल्ली- भारतको निर्वाचन आयोगका प्रमुख ज्ञानेश कुमारको राजीनामा माग गर्दै मतदाता

कांग्रेस महामन्त्रीमा डा. सुनीलकुमार शर्माको उम्मेदवारी दर्ता

काठमाडौँ – नेपाली कांग्रेसका नेता तथा व्यवसायी डा. सुनीलकुमार शर्माले

नेपालमै सुरु भयो खुट्टा-जोर्नीको मिनिमली इन्भेसिभ शल्यक्रिया

काठमाडौँ- खुट्टा तथा जोर्नी सम्बन्धी जटिल समस्या भएका बिरामीहरूका लागि अब