पाकिस्तानको बलुचिस्तानमा वर्षाका कारण छ जनाको मृत्यु | Khabarhub Khabarhub

पाकिस्तानको बलुचिस्तानमा वर्षाका कारण छ जनाको मृत्यु


१६ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

इस्लामाबाद– पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा विगत पाँच दिनदेखि परेको वर्षासँग सम्बन्धित घटनाहरूमा कम्तीमा छ जनाको मृत्यु हुनुका साथै अन्य २५ जना घाइते भएको बलुचिस्तानको प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरण (पिडिएमए) का अधिकारीहरूले आइतबार बताएका छन् ।

हालैको भारी वर्षाले प्रदेशका विभिन्न जिल्लामा पहिरो खसेको, प्रमुख राजमार्ग अवरुद्ध गरेको र धेरै सवारीसाधन अलपत्र परेका छन् ।

अलपत्र यात्रुको उद्धार र राहत कार्यका लागि विशेष टोली पठाइएको पिडिएमएले जनाएको छ ।

पाकिस्तानको राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरणका अनुसार देशमा आगामी दिनमा थप वर्षा हुने सम्भावना रहेकाले नागरिकहरूलाई सावधानी अपनाउन सल्लाह दिइएको छ ।

यसअघि देशको पञ्जाब प्रकोप व्यवस्थापन प्राधिकरणले जुलाईमा प्रान्तका केही भागमा भारी मनसुनी वर्षाका कारण शहरी बाढीको चेतावनी दिएको थियो । यस वर्ष ३५ प्रतिशत बढी वर्षा हुने अनुमान गरिएको थियो ।

प्रकाशित मिति : १६ असार २०८१, आइतबार  ६ : २८ बजे

चल्ला बेचेर वार्षिक तीन लाख आर्जन गर्दै कमला

लम्की– बर्दगोरिया गाउँपालिका–२ कुम्भियाकी कमला विष्टले कुखुरापालनबाट आत्मनिर्भर बन्न सकिन्छ

भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद

वीरगञ्ज – सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणबाट परिचालन

सङ्गठित अपराधमा संलग्न भएको आरोपमा चर्चित मुक्केबाजको गिरफ्तारी

वाशिङ्टन – अमेरिकी आप्रवासी एजेन्टले मेक्सिकोका चर्चित मुक्केबाज ३९ वर्षीय

वर्षायामको आगमनसँगै सौराहामा घटे पर्यटक

चितवन– पर्यटकीय नगर सौराहामा विगत २५ वर्षदेखि व्यवसाय गर्दै आएका

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा