करण ‘नेपाल आइडल’को विजेता हुँदा प्रतिभाको कदर भएको महसुस गरेँ : ओली « Khabarhub

करण ‘नेपाल आइडल’को विजेता हुँदा प्रतिभाको कदर भएको महसुस गरेँ : ओली


१६ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गायन रियालिटी शो ‘नेपाल आइडल सिजन ५’ का विजेता करण परियारलाई बधाई दिएका छन् ।

आइतबार दिउँसो उनले आफ्नै निवास बालकोटमा बोलाएर बर्दियाको बारबर्दिया नगरपालिकाका करणलाई बधाई दिएका हुन् । उनले समय पाएका बेला  करणको गायन प्रतिभा सुनेको बताए ।

ओलीले फेसबुकमा लेखेका छन्, ‘समय पाएका बेला मैले करण परियारको सुमधुर गायन सुनेको थिएँ । नेपाल आइडल सिजन ५ को विजेता घोषित हुँदा प्रतिभाको कदर भएको महसुस गरेको थिएँ । आज भेट भयो, खुसी लाग्यो । फेरि पनि बधाई करण ।’

करणलाई यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समेत बालुवाटार निवासमै बोलाएर बधाई दिएका थिए । शनिबार सम्पन्न फिनालेमा उनी ‘नेपाल आइडल सिजन ५’ को विजेता चुनिएका हुन् ।

प्रकाशित मिति : १६ असार २०८१, आइतबार  ७ : ११ बजे

एनपीएलले आईसीसीको मान्यता पाएसँगै नेपाली क्रिकेट अन्तर्राष्ट्रिय स्तरमा : क्यान

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)ले आईसीसीबाट

छ सय वर्ष पुरानो खड्गदेवीमा भक्तजनको भीड

दमौली (तनहुँ)- तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा रहेको प्रसिद्ध खड्गदेवी मन्दिरमा

नवरात्रको सातौँ दिन : कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना

काठमाडौं- नवरात्रको सातौँ दिन दसैँ घर तथा पूजाकोठामा नवदुर्गामध्येकी सातौँ

किशोर श्रेष्ठलाई पक्राउ गरिएकोबारे पत्रकार महासंघले के भन्यो ?

काठमाडौं- नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई प्रहरीले

एसिया–प्रशान्तको समृद्धिमा जोड दिँदै एपीईसी सम्मेलन

बेइजिङ- एसिया–प्रशान्त क्षेत्रको आर्थिक समृद्धि र सहकार्य प्रवद्र्धन गर्ने उद्देश्यले