नेपाली क्रान्ति मौलिक चरित्रको छ : शङ्कर पोखरेल « Khabarhub

नेपाली क्रान्ति मौलिक चरित्रको छ : शङ्कर पोखरेल


१६ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले नेपाली क्रान्ति मौलिक चरित्रको रहेको बताएका छन् ।

ललितपुर, च्यासलस्थित एमाले पार्टी मुख्यालयमा आज अखिल नेपाल महिला सङ्घले आयोजना गरेको ‘वर्तमान राष्ट्रिय राजनीति र जनताको बहुदलीय जनवाद’ (जबज) विषयक विचार गोष्ठीमा उनले विश्वमा भएका राजनीतिक क्रान्तिको चरित्रलाई नेपाली क्रान्तिले आत्मसात गरेको बताए ।

महासचिव पोखरेलले लोकतन्त्रलाई लोकतान्त्रिक ढङ्गबाट अगाडि बढाउन नसक्नु आजको समस्या रहेको उल्लेख गरे। सामाजिक सञ्जालबाट लोकप्रियता प्राप्त मान्छेले राजनीतिमा आएर राजनीतिलाई विकल्प दिन्छौँ भन्ने गलत भाष्य स्थापित हुन खोजेको उनको भनाइ थियो ।

उनले क्रान्तिबाट नभई शान्तिपूर्ण र वैधानिक तरिकाबाट समाजवादमा पुग्न सकिने बताए । उनले भने , “हामी फटाफट समाज बदल्ने बाटोमा जाँदैनौं र जान सक्दैनौँ । जाँदा क्रान्ति र सामाजिक परिवर्तनसँगै जान सकेन भने प्रतिक्रान्ति हुन्छ ।”

महासचिव पोखरेलले जबजले देखाएको बाटो पछाडि परेका वर्ग र क्षेत्रका पक्षमा रहेको स्पष्ट पारे । जबजले रेखाङ्कन गरेको कुरालाई कम चर्चा गर्दा समाजको रुपान्तरणको प्रक्रिया बन्द भएकोे उनको भनाइ छ । उनले राजनीतिक परिवर्तनले निर्माण गरेको उत्पादन सम्बन्धलाई बलियो बनाउनुपर्ने धारणा राखे ।

उनले स्पष्ट दिशानिर्देश गर्ने राजनीतिक दलले मात्र नेपाली समाजको रुपान्तरण गर्ने बताए। अहिले बनेका संयुक्त सरकारले पनि समाज रुपान्तरण गर्न नसक्ने उनको धारणा छ ।

मदन भण्डारी फाउण्डेशनका अध्यक्ष महेन्द्रबहादुर पाण्डेले जबजले समाजमा रहेका बेथितिलाई समाधान गर्दै समाजलाई समानतामा आधारित बनाउन भूमिका खेल्ने बताए ।अनेमसङ्घका अध्यक्ष टुका हमालले पार्टीको मार्गदर्शन सिद्धान्तको रुपमा रहेको जबजले महिलाका अधिकार सुनिश्चित भएको स्पष्ट पारे ।

प्रकाशित मिति : १६ असार २०८१, आइतबार  ७ : २५ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार