भारतको पश्चिम बंगालमा सडकमै कुटिइन् महिला, रमिते बन्यो भिड « Khabarhub

भारतको पश्चिम बंगालमा सडकमै कुटिइन् महिला, रमिते बन्यो भिड


१६ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- भारतको पश्चिम बंगालमा एकजना महिलालाई सडकमै खुलेआम कुटपिट गरेको भिडियो भाइरल भएको छ ।

आइतबार भाइरल भएको उक्त भिडियो सामाजिक सञ्जालमा हाल्दै भारतीय जनता पार्टीका कार्यकर्ताहरू तृणमूल कांग्रेसकी नेतृ एवम् मुख्यमन्त्री ममता बेनर्जीलाई निशाना साँधेका छन् ।

भारतीय जनता पार्टीका नेताहरूलेसमेत उक्त भिडियो सेयर गर्दै पश्चिम बंगालमा मुख्यमन्त्री ममता बनर्जी शासनको यो एक भयावह रुप भएको बताएका छन् ।

भिडियोमा भिडबीचमा एक महिला र एक पुरुषलाई जमिनमा लडाएर बारम्बार पिटेको देख्न सकिन्छ ।

यो कुटपिटमा संलग्न आरोपित ताजेमुलको रूप गरिएको छ । जसलाई स्थानीयबासी जेसीबी नामले बोलाउँछन् । ‘त्वरित न्याय’ दिने कुरामा यो समूहलाई जानिन्छ । यो समूहको नजरमा पुलिस-अदालतको कुनै हैसियत छैन । भाजपा आईटी सेल प्रमुख अमित मालवीयले दाबी गरेअनुसार कुटपिटमा संलग्न चोपराका विधायक हमिदुर रहमानका निकट हुन् ।

सन्देशखालीमा जनजातीय समाजका महिलाको यौन शोषण गर्ने शेख शाहजहाँ र उनका सदस्यलाई बचाउन बंगाल सरकारले दिन-रात एक गरिदिएको आरोप भाजपाको छ ।

भिडियोमा देखिएको घटना पश्चिम बंगालको उत्तर दिनाजपुरस्थित चोपराको लक्ष्मीकान्तपुरमा भएको बताइएको छ ।

‘राष्ट्रिय महिला आयोग’लाई पनि यसबारे अवगत गराइएको छ । पश्चिम बंगालमा इस्लामिक कट्टरपन्थीले चलाएको ‘कंगारू कोर्ट’ जस्तै घटनाको भिडियो आएपछि भारतमा नयाँ विवाद सुरु भएको छ । यसलाई लिएर राज्यको कानुन व्यवस्थामा पनि प्रश्न उठेको छ ।

प्रकाशित मिति : १६ असार २०८१, आइतबार  ७ : २५ बजे

प्रधानमन्त्रीको भारत भ्रमणबारे परराष्ट्रले के भन्यो ?

काठमाडौं– संयुक्त राष्ट्रसङ्घको महासभाले अति कम विकसित मुलुकको सूचीबाट नेपालको

सरकारले गर्‍यो एनप्याब्सनलाई निलम्बन

काठमाडौँ – राष्ट्रिय निर्देशन ऐन, २०१८ बमोजिम सञ्चालनमा रहेको राष्ट्रिय

एनपीएल : राहुलको छ विकेट, प्रतिस्पर्धामा सोमपाल र अनिल, कसले कति विकेट लिए ?

काठमाडाैँ – राहुल यादव नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ अन्तर्गत

राप्रपा अध्यक्ष लिङ्देनद्वारा ९५औँ पटक रक्तदान

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले ९५औँ

नेप्से ५.४५ अङ्कले घट्यो, कारोबार कति ?

काठमाडौं– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज  सामान्य  अङ्कले