आगजनी गरेको अभियोगमा एक महिला पक्राउ « Khabarhub

आगजनी गरेको अभियोगमा एक महिला पक्राउ


१६ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

दाङ । गोठमा आगजनी गरेको अभियोगमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।

दाङको बङलाचुली गाउँपालिका–५ साकिने बस्ने ७३ वर्षीय ओबिराम घर्तीको गाठमा आगजनी गरेको आरोपमा उनकै बुहारी २६ वर्षीया खेमा घर्तीलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

घरायसी विवादको कारण शुक्रबार राति खेमाले सलाईको काँटी सल्काई उक्त गोठको छानामा फालेर आगलागी हुँदा गोठ पूर्ण रूपमा जलेर नष्ट भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय कमिरेचौरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

आगलागीबाट ३ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : १६ असार २०८१, आइतबार  ७ : ४९ बजे

पहिरोका कारण मङ्गलामा १६६ परिवार प्रभावित

म्याग्दी – गत असोज महिनाको दोस्रो साता परेको निरन्तरको झरीपछिको

अवरुद्ध बिपी राजमार्ग सञ्चालन

काभ्रे – अविरल वर्षाका कारण अवरुद्ध बनेको बिपी राजमार्गका विभिन्न

जनकपुरले पोखरालाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

एनपीएलमा जनकपुरको दोस्रो जित, पोखराको लगातार दोस्रो हार

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता