विश्वकप विजेता भारतीय टोलीले १२५ करोड भारु पुरस्कार पाउने « Khabarhub

विश्वकप विजेता भारतीय टोलीले १२५ करोड भारु पुरस्कार पाउने


१६ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली । आईसीसी टी–२० विश्वकप २०२४ को उपाधि जित्ने भारतीय क्रिकेट टोलीले १२५ करोड भारतीय रुपैयाँ पुरस्कार पाउने भएको छ ।

भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले टोलीलाई उक्त रकम पुरस्कार दिने घोषणा गरेको हो । बीसीसीआईका सचिव जय शाहले सामाजिक सञ्जाल एक्स मार्फत भारतीय टोलीले प्रतियोगिताभरि असाधारण खेल प्रदर्शन गरेको भन्दै उक्त रकम पुरस्कार दिन लागिएको जानकारी दिएका छन् ।

उनले यस अद्भुत उपलब्धिको लागि सबै खेलाडी, प्रशिक्षक र सहयोगी स्टाफलाई बधाई समेत दिएका छन् ।

उनले लेखेका छन्, ‘आईसीसी पुरुष टी–२० विश्वकप २०२४ जित्ने भारतीय टिमलाई १२५ करोड रुपैयाँको पुरस्कार घोषणा गर्न पाउँदा म खुसी छु । भारतीय टोलीले प्रतियोगिताभरि असाधारण खेलकुद प्रदर्शन गरेको छ। यो उपलब्धिको लागि सबै खेलाडी, प्रशिक्षक र सहयोगी स्टाफलाई बधाई छ ।’

शनिबार भएको फाइनलमा दक्षिण अफ्रिकालाई ७ रनले पराजित गर्दै भारतले १७ वर्षपछि विश्वकप क्रिकेटको उपाधि जितेको थियो ।

प्रकाशित मिति : १६ असार २०८१, आइतबार  १० : ४५ बजे

सम्पत्ति शुद्धीकरण कसुरमा लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट पक्राउ

काठमाडाैँ – लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट

आज महाअष्टमी पर्व मनाइँदै : कुन-कुन शक्तिपिठमा हुँदैछ पूजा ?

काठमाडौँ – आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ – बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६

आज २०८३ साल कात्तिक  १ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६