पाकिस्तानमा अहमदिया समुदायविरुद्धको दमनप्रति राष्ट्रसंघको चिन्ता « Khabarhub

पाकिस्तानमा अहमदिया समुदायविरुद्धको दमनप्रति राष्ट्रसंघको चिन्ता


१५ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पाकिस्तानमा अहमदिया समुदायविरुद्ध दमनका घटना बढ्न थालेको भन्दै संयुक्त राष्ट्रसंघले चिन्ता व्यक्त गरेको छ ।

पाकिस्तानमा अहमदिया समुदायका मानिसहरुविरुद्ध गैरन्यायिक हत्या र उनीहरुको धर्मस्थलमा आक्रमणका घटना थालेको भन्दै राष्ट्रसंघका विज्ञहरुले चिन्ता प्रकट गरेका हुन् ।

राष्ट्रसंघका ८ जना स्वतन्त्र विज्ञहरुले विज्ञप्ति जारी गर्दै अहमदिया समुदायलाई लक्षित गरी हुँदै आएका दमन र भेदभावविरुद्ध कदम चाल्न सरकारलाई आग्रह गरेका छन् ।

पाकिस्तानबाट प्रकाशित हुने डन अखबारका अनुसार हालै मात्र साद उल्लाह पुरमा अहमदिया समुदायका दुई जनाको गैरन्यायिक हत्या भएको थियो ।

पाकिस्तानमा ५ लाखभन्दा धेरै अहमदिया समुदायका व्यक्तिहरुको बसोबास रहेको बताइन्छ । पाकिस्तानको संविधानले अहमदियाहरुलाई इस्लामिक चिह्न र पहिचानको प्रयोग गर्न दिँदैन ।

प्रकाशित मिति : १५ श्रावण २०८१, मंगलबार  ८ : २९ बजे

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर