आगामी तीन दिन नदीहरुमा जल सतह बढ्ने, सतर्क रहन आग्रह « Khabarhub

आगामी तीन दिन नदीहरुमा जल सतह बढ्ने, सतर्क रहन आग्रह


१५ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले नदीहरुको हालको अवस्थाबारे जानकारी गराएको छ ।

महाशाखाले बिहान जारी गरेको बुलेटिनअनुसार बिहानको मापनमा कोशी, कर्णाली, नारायणी, महाकाली, बागमती, कन्काई, कमला, पूर्वी राप्ती, बबई र यसका सहायक नदीहरुको बहाव सतर्कता तहभन्दा तल र सामान्य अवस्थामा रहेको जनाएको छ ।

महाशाखाले तीन दिनसम्मको अनुमान गर्दै आज दिउँसो, भोलि र पर्सी नदीहरुमा पानीको बहाव उल्लेख्य रुपमा बढ्ने भएकाले तटीय क्षेत्रका क्रियाकलापमा सतर्कता अपनाउन आग्रह गरेको छ ।

आज विशेषगरी रामेछाप, मकवानपुर, सिन्धुली, सिन्धुपाल्चोक, नुवाकोट, गोरखा, लमजुङ, कास्की, डोटीलगायत आसपासका जिल्ला भइ बहने ससाना नदीमा बहाव बढ्ने भएकाले सचेत रहन आग्रह गरिएको छ ।

प्रकाशित मिति : १५ श्रावण २०८१, मंगलबार  ८ : ५५ बजे

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

नवलपुर (नवलपरासी)- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौं- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र