गड्डाचौकीबाट ६ महिनामा चार सय बढी पर्यटक भित्रिए « Khabarhub

गड्डाचौकीबाट ६ महिनामा चार सय बढी पर्यटक भित्रिए


१५ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– पश्चिमी सीमानाका गड्डाचौकी हुँदै पैदलमार्गबाट सन् २०२४ को ६ महिनामा चार सय ६५ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । सोही अवधिमा सीमानाका हुँदै भारततर्फ जाने विदेशी पर्यटकको सङ्ख्या १५ मात्रै रहेको छ ।

अध्यागमन कार्यालय गड्डाचौकीका निमित्त कार्यालय प्रमुख पदमराज भट्टका अनुसार सीमानाका हुँदै भारततर्फ जाने पर्यटकको सङ्ख्या न्यून छ । सीमानाका हुँदै भारत जाने पर्यटकका लागि भारत सरकारले सीमानाका खुला नगर्दा पर्यटक जाने क्रम रोकिएको छ ।

‘नेपाल भित्रिने विदेशी पर्यटकलाई भारतले सीमानाकामा रोकेको छैन’, उनले भने, ‘नेपाल भएर भारततर्फ जानेलाई सन् २०२१ को डिसेम्बर १० तारिखदेखि हालसम्म जान दिएको छैन ।’ यसैकारणले पर्यटकलाई प्रस्थान (डिपार्चर) दिने कार्य स्वतः स्थगन भएको उनको भनाइ छ ।

भारतमा बस्ने विदेशी पर्यटकले नेपाल आएपछि अधिकांशले १५ दिनका लागि राहदानी लिने गरेका छन् । विदेशी पर्यटकलाई न्यूनतम १५ दिनको राहदानी दिइने गरेको छ । यसका लागि भिसा शुल्क ३० डलर लाग्ने गर्दछ । तीस दिनको भिसाका लागि ५० डलर र ९० दिनको लागि एक सय २५ डलर शुल्क लाग्ने गरेको कार्यालय प्रमुख भट्टले बताए ।

विसं २०८१ को असार मसान्तसम्म अध्यागमन कार्यालयले राहदानी शुल्कवापत ५९ हजार पाँच सय २७ डलर राजस्ववापत सङ्कलन गरेको छ ।

अध्यागमन कार्यालयको तथ्याङ्कानुसार सन् २०२३ को जनवरीदेखि डिसेम्बरसम्म सीमानाका भएर नौ सय ८३ विदेशी पर्यटक भित्रिएका थिए ।

सन् २०२२ मा जनवरीदेखि डिसेम्बरसम्म पाँच सय ४२ विदेशी पर्यटक भित्रिएका थिए । सन् २०२१ जनवरीदेखि जुलाईसम्म सीमानाका हुँदै भित्रिने पर्यटकको सङ्ख्या शून्य थियो । अगष्टदेखि डिसेम्बरसम्म ५८ पर्यटकमात्र भित्रिएका थिए ।

प्रकाशित मिति : १५ श्रावण २०८१, मंगलबार  १२ : १५ बजे

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको