फिल्म ‘कल्ली’मा पल र बेनिशाको सहकार्य, नयाँ वर्षमा प्रदर्शन « Khabarhub

फिल्म ‘कल्ली’मा पल र बेनिशाको सहकार्य, नयाँ वर्षमा प्रदर्शन


१५ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नायक पल शाह र नायिका बेनिशा हमालको शीर्ष भूमिकामा फिल्म ‘कल्ली’ बन्ने भएको छ । निर्माण पक्षले मंगलबार तीन पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माणको घोषणा गरेको हो । 

सार्वजनिक पलको एकल पोस्टरमा उनलाई ‘एङ्ग्री लुक्स’मा देख्न सकिन्छ । उनले बन्दुक समाएका छन्, पृष्ठभूमिमा युद्ध मैदान देख्न सकिन्छ ।

त्यस्तै, बेनिशा रातो साडीमा देखिएकी छन् । उनका हातमा रगत लत्पतिएको छ भने पृष्ठभूमीमा कालीको ठूलो मूर्ति देख्न सकिन्छ । उनको चरित्र रहस्यमय छ । 

निर्माण पक्षका अनुसार पोस्टरमा उनीहरूलाई क्यारेक्टर लुक्समा प्रस्तुत गरिएको छ । यससँगै पल र बेनिशाले पहिलो पटक फिचर फिल्ममा सहकार्य गर्ने पक्का भएको छ । 

निर्देशक लक्ष्मण सुनार तिहारपछि छायांकनमा निस्कने तयारीमा छन् । यसको कथा उनी आफैँले लेखेका हुन् । पटकथा संवादमा भने उनलाई महेश दवाडीले सहयोग गरेका छन् । 

रेड वर्ड प्रोडक्सन र कस्तुरी प्रोडक्सनको सहकार्यमा बन्न लागेको यस फिल्मका प्रस्तुतीकर्ता किरण नेपाली हुन् । फिल्मको प्रदर्शन मिति चैत २९ गते नयाँ वर्षलाई तोकिएको छ ।

प्रकाशित मिति : १५ श्रावण २०८१, मंगलबार  १ : १६ बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको