धनगढीमा अस्पताल चलाउन बनाएको भवनमा चर्च, उपमहानगरले चलायो डोजर « Khabarhub

धनगढीमा अस्पताल चलाउन बनाएको भवनमा चर्च, उपमहानगरले चलायो डोजर


१५ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.4k
Shares
  • change font
  • change font
  • change font

धनगढी- अस्पताल खोल्ने अनुमति लिएर बनाइएको एउटा दुईतले भवनमा डोज चलाइएको छ ।

धनगढी उप-महानगरपालिका-७ मनेहरामा लेट मेइन धनगढी प्रालिले घर नक्सा पासविपरीत संरचना बनाएर चर्च चलाएपछि डोजर लगाएर भत्काइएको हो ।

नेपाल लाइफ वर्ल्ड मिसनका नाम अस्पताल खोल्ने भनी चर्च चलाइएको स्थानमा घर नक्सा पासविपरीत निर्माण भएका अवैध संरचना धनगढी उप-महानगरपालिकाले भत्काइदिएको हो।

लेट मेइन धनगढी र नेपाल लाइफ वर्ड मिसनले निमार्ण गरेको भवनका अवैध संरचनाहरू मंगलबार नगरप्रहरी र डोजर परिचालन गरेर तोडिएको हो।

घर नक्सा पासविपरीतका संरचना बनाएको पाइएपछि भत्काइएको उमपहानगरपालिकाका मेयर गोपाल हमालले बताएका छन् ।

यसअघि उपमहानगरको वडा नम्बर ७ कार्यालयले सोमबार मात्रै ७ लेट मेइन धनगढी प्रालि र नेपाल लाइफ वर्ड मिसनको दर्ता खारेज गरेको थियो।

लेट मेइन धनगढी प्रालिले २०८० साउन २२ गते वडा कार्यालयमा सीपमूलक तालिम तथा परामर्श सेवा सञ्चालन गर्ने प्रयोजनसहित व्यवसाय दर्ता गराएको थियो।
नेपाल लाइफ वर्ड मिसनले २०८१ वैशाख १६ गते सेमिनार, तालिम आदि सञ्चालन गर्ने प्रयोजनका लागि वडामा व्यवसाय दर्ता गराएको थियो।

तर ती कम्पनीले लिएको जग्गामा अस्पताल बनाउने भन्दै चर्च चलाइएको थियो । दुई करोडको लागतमा दुई तले चर्च निर्माण गरिएको पाइएपछि दर्ता खारेज गरिएको हमालले बताए । यसअघि उक्त कार्यमा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेर कारबाही अघि बढाएको छ ।

प्रकाशित मिति : १५ श्रावण २०८१, मंगलबार  ३ : ४५ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार