प्रभावकारी बन्दै भूमिगत सिँचाइ प्रणाली « Khabarhub

प्रभावकारी बन्दै भूमिगत सिँचाइ प्रणाली


१५ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– कृषि क्षेत्रको उत्पादकत्वमा वृद्धि तथा किसानको खेतमा सिँचाइ सुविधा पुर्‍याउनका लागि महोत्तरी र धनुषामा भूमिगत सिँचाइ प्रणाली प्रभावकारी बनेको छ । 

नहर एवम् नदीनालाबाट सिँचाइको व्यवस्था नभएको तथा आकाशे पानीमाथि निर्भर रहेका किसानका लागि यो प्रविधि वरदान साबित भएको महोत्तरी गौशालाका स्थानीय किसान रामलाल महतोले बताए । उनले यसबाट खेतीका लागि मात्रै नभइ खानपिनका साथै दैनिक जीवनमा समेत प्रयोग भइरहेको उल्लेख गरे ।

मधेस प्रदेश सरकारको जलस्रोत तथा भूमिगत सिँचाइ विकास डिभिजन कार्यालय जलेश्वर, महोतरीद्वारा धनुषा तथा महोत्तरी जिल्लाको ग्रामीण क्षेत्रमा जडान गरिएको डिपट्युवेल तथा पावरड्रिलबाट सिँचाइ सुविधा पुर्‍याइएको हो ।

एउटा डिपट्युवेलबाट ४० बिघा खेत सिञ्चित हुने गरेको छ । महोत्तरी तथा धनुषामा हालसम्म ३५ वटा डिपट्युवेल जडान भएर एक हजार चार सय बिघा कृषियोग्य जमिन सिञ्चित भइरहेको छ । एउटा डिपट्युवेलको संरचना निमार्णदेखि  सञ्चालन गर्दाको अवस्थासम्म रु एक करोडभन्दा बढी रकम लाग्ने गरेको छ । 

गत आर्थिक वर्षमा थप पाँचवटा डिपट्युवेलको निर्माण प्रक्रिया सुरु भएको छ । एउटा निर्माणमा रु ३० लाखसम्म खर्च भएको तथा चालु आर्थिक वर्षमा थप खर्च गरेर निर्माण सम्पन्न गरिने सो कार्यालयले जनाएको छ । अहिले पाँचवटाको निर्माणमा रु  एक करोड ५० लाख खर्च भइसकेको छ ।

त्यसैगरी, महोत्तरी तथा धनुषामा हालसम्म ५० वटा पावरड्रिल निर्माण भई सञ्चालनमा रहेको सो कार्यालयका सूचना अधिकारी तथा इन्जिनियर अमलेश यादवले जानकारी दिए । 

एउटा पावरड्रिलबाट नौ बिघा जमिन सिञ्चित हुने गरेको छ । एउटा पावरड्रिल निर्माणदेखि सञ्चालनसम्ममा रु १६ लाख लाग्ने गरेको छ । अहिलेसम्म ५० वटा पावरड्रिल निमार्णमा रु एक करोड २९ लाख ६० हजार खर्च भएको कार्यालयले जनाएको छ । 

दुवै जिल्लामा डिपट्युवेल तथा पावरड्रिलबाट  १८ सय ५० बिघा जमिनमा सिँचाइ भइरहेको कार्यालयप्रमुख नयन पोखरेलले बताए । डिपट्युवेल निर्माणमा उपभोक्ता समितिमार्फत हुने गरेको छ । 

प्रकाशित मिति : १५ श्रावण २०८१, मंगलबार  ३ : ५८ बजे

च्यासलमा एमाले सचिवालय बैठक (तस्बिरहरू) 

काठमाडौं – नेकपा (एमाले) सचिवालय बैठक हाल पार्टी केन्द्रीय कार्यालय

पाल्पामा चुनावी चहलपहल बढ्यो

तानसेन– आगामी फागुन २१ हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सफलतापूर्वक सम्पन्न

छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता

काठमाडौं– मुलुकको विकास साझेदारहरूबाट चालु आर्थिक वर्षको प्रथम छ महिनामा

नेपाली क्रिकेट टोलीलाई आईसीसी टी–२० विश्वकप खेल्न बिदाइ

काठमाडौं– आईसीसी टी–२० विश्वकप क्रिकेट खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट

‘गाजामा बालबालिकालाई पढाइ सुनिश्चित गर्न सहयोग बढाऊँ’

एजेन्सी – संयुक्त राष्ट्र र गाजामा काम गर्ने सहयोगी संस्थाहरूले