सचिवहरूलाई प्रधानमन्त्रीले भने- हस्ताक्षर गर्नेबित्तिकै फसिन्छ भन्ने चिन्ता नगरी काम गर्नू « Khabarhub

सचिवहरूलाई प्रधानमन्त्रीले भने- हस्ताक्षर गर्नेबित्तिकै फसिन्छ भन्ने चिन्ता नगरी काम गर्नू


१५ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय सरकारका सचिवहरूलाई निर्धक्क काम गर्न निर्देशन दिएका छन् ।
मंगलबार संघीय सरकारका सचिवहरूको बैठकलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।
जनतालाई सकेसम्म उपयुक्त ढङ्गले सेवा दिन, विकास, समृद्धि र सुशासनका लागि काम गर्न यो सरकार बनेको उनले स्पष्ट पारे । त्यसैले ढुक्क भएर काम गर्न उनले सचिवहरूलाई आग्रह गरेका छन् ।
देशको लागि केही गरौँ भन्ने प्रतिविद्धताको साथ सरकार बनेकोले आफू कसैप्रति पूर्वाग्रही नहुने ओलीले बताए । कामको आधारमा सरकारले सचिवहरूको मूल्याङ्कन गर्ने उनले प्रष्ट पारे ।
‘हस्ताक्षर गर्नेबित्तिकै फसिन्छ कि भन्ने चिन्तामा नपरी काम गर्नुस्’, उनले सचिवहरूलाई आग्रहसहित भने, ‘राम्रो काम गर्दा कुनै प्रकारको समस्या आएमा त्यसको जिम्मेवारी सरकारले लिने छ ।’
काम गर्दा गन्तव्य के हो भन्ने कुरा बुझ्न आवश्यक रहेको ओलीले बताए । गन्तव्य नतोकी हिँड्यो भने टुङ्गोमा नपुगिने उनको भनाइ छ ।
गरिबिको रेखामुनिका जनतालाई माथि ल्याउन सरकारको ध्यान केन्द्रित हुने ओलीले बताए । ‘यो पीडादायक स्थितिको अन्त्यको लागि योजना बनाएर काम गर्नुस्’, उनले भने, ‘हामीलाई नेपाललाई समृद्ध बनाउनु छ, नेपाली जनतालाई सुखी बनाउनु छ ।’
नेपाललाई हतियार होइन, युद्ध र अशान्ति होइन शान्ति चाहिएको ओलीले बताए । ‘नेपाली जनताई खुसी र सुखी बनाउन ध्यान केन्द्रित हुनु पर्छ’, उनले अगाडि भने, ‘यसका लागि हरेक क्षेत्रमा योजना बनाएर अघि बढ्नु पर्छ ।’
ओलीले उत्पादनमा जोड दिनुपर्ने बताए । ‘आयात गर्दा पनि उत्पादनको लागि गर्नुपर्छ’, उनले भने, ‘हरेक क्षेत्रमा योजना बनाउँदा उत्पादन र उत्पादकत्व वृद्धि गर्ने गरी योजना बनाउनु आवश्यक छ ।’

प्रकाशित मिति : १५ श्रावण २०८१, मंगलबार  ४ : ०९ बजे

जी-२० बैठकमा सहभागी हुन लाभरोभ एटलान्टामा

एटलान्टा– रुसी विदेशमन्त्री सेर्गेई लाभरोभ जी–२० विदेशमन्त्रीस्तरीय बैठकमा सहभागी हुन

निरुता सिंहलाई ‘मानार्थ मिसेस नेपाल वर्ल्ड २०२६’ उपाधि

काठमाडौं– नेपाली फिल्म क्षेत्रमा तीन दशकभन्दा लामो समयदेखि सक्रिय अभिनेत्री

गोलीकाण्डपछि काममा फर्किँदै टाइगर श्राफ, ‘लग जा गले’ को सेटमा सुरक्षा कडा बनाइने

काठमाडौं– मुम्बईको जुहूमा भएको गोलीकाण्डपछि केही समयदेखि सुटिङबाट टाढा रहेका

स्वास्थ्य केन्द्र सञ्चालनपछि नागरिकको स्वास्थ्यमा पहुँच वृद्धि

इलाम– माङसेबुङ गाउँपालिका–६ टोड्केका ८७ वर्षीय वृद्ध लालप्रसाद राईले पहिलोपटक घरआँगनबाटै

नेपाललाई अतिकम विकसित मुलुक स्तरोन्नतिका लागि थप तीन वर्ष, बालेन सरकारको कूटनीतिक सफलता

काठमाडौं– संयुक्त राष्ट्रसंघको महासभाले नेपाललाई अतिकम विकसित मुलुक (एलडीसी) को