साइबर दुर्व्यवहार नियन्त्रणका लागि नयाँ नियम लागू गर्दै चीन « Khabarhub

साइबर दुर्व्यवहार नियन्त्रणका लागि नयाँ नियम लागू गर्दै चीन


१५ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


306
Shares
  • change font
  • change font
  • change font

बेइजिङ– चीनले इन्टरनेट प्रयोगकर्तालाई साइबरस्पेसमा हुने दुर्व्यवहार तथा हिंसाबाट जोगाउने उद्देश्यले बिहीबारदेखि नयाँ नियमावली लागू हुने जनाएको छ ।

नयाँ नियमले अपमान, अफवाह, मानहानी र भेदभावजस्ता अवैध वा हानिकारक अनलाइन हिंसा रोक्नको लागि इन्टरनेट सूचना सेवा प्रदायकले प्रयोगकर्तालाई व्यक्तिगत मेसेजहरू स्वीकार वा अस्वीकार गर्ने विकल्प प्रदान गर्दछ ।

नयाँ नियमले इन्टरनेट सूचना सेवा प्रदायकलाई ‘बौद्धिक सुचना छनोट’ , ‘कस्टम किवर्ड छनोट’ जस्ता कार्यहरू कार्यान्वयन गर्न प्रोत्साहित गरेको छ । सेवा प्रदायकले प्रयोगकर्ताको अधिकारको रक्षा गर्न प्रमाण संकलनलगायतका कार्यहरू गर्न आवश्यक रहेको प्रावधान नियममा समेटिएको छ ।

चीनको साइबरस्पेस प्रशासन, सार्वजनिक सुरक्षा मन्त्रालय, संस्कृति तथा पर्यटन मन्त्रालय र  रेडियो र टेलिभिजन प्रशासनले संयुक्त रूपमा यो नियमावली जारी गरेको हो ।

प्रकाशित मिति : १५ श्रावण २०८१, मंगलबार  ४ : ११ बजे

पोखराविरुद्ध जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

प्रदेश प्रमुख खापुङसँग मुख्यमन्त्री कार्कीद्वारा बिदाइ भेट

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग

स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षा समावेश

चितवन– भरतपुर महानगरपालिकाले तयार गरेको स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षालाई समावेश

बेनी-दरवाङ सडक सञ्चालन

म्याग्दी– म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम

रौतहटका तीन अलपत्र आयोजनाको ठेक्का तोडियो, नयाँ प्रक्रियाबाट काम अघि बढाइने

काठमाडौं–  रौतहटमा लामो समयदेखि अलपत्र रहेका तीन पूर्वाधार आयोजनाको ठेक्का