सांसद्‌ले राजीनामा मागेपछि अधिकारीको बचाउमा हवाई कम्पनी मालिक « Khabarhub

जहाज दुर्घटना प्रकरण

सांसद्‌ले राजीनामा मागेपछि अधिकारीको बचाउमा हवाई कम्पनी मालिक


१५ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


5.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सौर्य एअरलाइन्सको जहाज दुर्घटना भएपछि राजीनामा माग गरिएका नागरिक उड्ययन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीको पक्षमा वायुसेवा सञ्‍चालक संघ नेपालले विज्ञप्ति जारी गरेको छ । संघका अध्यक्ष मनोज कार्कीले प्राधिकरण सदैव उड्डयन सुरक्षा तथा हवाई सुरक्षामा अत्यन्त संवैदनशील रहेको, तर प्राधिकरण नेतृत्वबारे भ्रम फैलाइएको भन्दै विज्ञप्ति जारी गरेका हुन्‌ ।

गत बुधबार (साउन ९ गते) सी चेक (सम्पूर्ण मर्मत)का पोखरातर्फ उड्नासाथ 9N-AME कलसाइनको सौर्य एअरलाइन्सको विमान त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल परिसरमै  खसेको थियो । सो दुर्घटनामा १८ जनाले ज्यान गुमाएका थिए ।

दुर्घटनाको भोलिपल्टै प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा अधिकांश सांसद्‌हरूले क्यान महानिर्देशक अधिकारीको राजीनामा माग गरेका थिए ।

नेपालको हवाई उद्योगलाई यूरोपेली स‌ंघ (ईयू)को प्रतिबन्धित सूचीबाट हटाउन नसकेको, नियामकीय कमजोरी गर्दा उनको कार्यकालमै देशमा ७ वटा भन्दा बढी हवाई दुर्घटना भएको र हवाई सुरक्षामा भएका प्रगतिबारे जानकारी माग्दा नदिएको भन्दै सांसद्‌हरूले अधिकारीको राजीनामा मागिरहेका छन्‌ । प्रतिनिधि सभा बैठकमै पनि उनको राजीनामा माग भएको छ ।

राजीनामा माग भइरहँदा वायुसेवा संघले भने अधिकारीको पक्षमा विज्ञप्ति जारी गरेको हो । विज्ञप्तिमा संघले हवाई सुरक्षा मामिलामा प्राधिकरणको समेत ‘जिम्मा लिएको’ छ ।

यो पनि-

प्राधिकरण नेतृत्वप्रति सांसदहरूको चर्को असन्तुष्टि

‘हालका दिनहरूमा संघ तथा नेपाल नागरिक उड्डयन प्राधिकरणबाट भए गरेका काम कारवाहीहरू तथा घटना/दुर्घटनाको सीमित स्वार्थ परिपूर्तिका लागि नकारात्मक रुपमा टिकाटिप्पणी गरी कुनै एक व्यक्ति वा संस्थाको कार्यप्रति भ्रम फैलाउने कार्य भइरहेकोले संघ तथा नेपाल नागरिक उड्डयन प्राधिकरणको आधिकारिक धारणा नआएसम्म यस्ता भ्रमपूर्ण समाचारहरु प्रति विश्वास नगरिदिनुहुन…’ विज्ञप्तिमा लेखिएको छ ।

संघले हवाई दुर्घटना कावु बाहिरको परिस्थितिमा हुने र यस्ता विषयहरू व्यक्ति विशेष, कम्पनी लगायत नियमनकारी निकाय कसैले चाहेर नहुने तर्क गरेको छ ।

दुर्घटनालाई आधार बनाई विभिन्न माध्यमहरुमा सदस्य वायुसेवा कम्पनीहरुको हवाई सुरक्षालाई तथा नेपाल नागरिक उड्डयन प्राधिकरणको नियमनकारी भूमिकाप्रति गरेको टिकाटिप्पणीप्रति गम्भीर ध्यानाकर्षण भएको पनि विज्ञप्तिमा उल्लेख गरेको छ ।

संघले जारी गरेको विज्ञप्तिः

 

प्रकाशित मिति : १५ श्रावण २०८१, मंगलबार  ६ : २१ बजे

कञ्चनपुरमा अढाई महिनामा लागुऔषध मुद्दामा १२५ जना पक्राउ

महेन्द्रनगर – भारतसँग खुला सीमाना जोडिएको कञ्चनपुरमा लागुऔषध न्युनीकरण चुनौतीपूर्ण

असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

कास्की – पोखरा महानगरपालिका–३० शिशुवा देउरालीस्थित खोलाको छेउमा आज बिहानदेखि

दुई दिन मुसलधारे वर्षाको सम्भावना, सतर्कता अपनाउन अपिल

काठमाडौं – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी

ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार

बागमती – बागमती प्रदेश कृषि तथा पशुपन्छी मन्त्रालय र हेटौँडा

चट्याङ लागेर एक महिलाको मृत्यु

सङ्खुवासभा – सङ्खुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा चट्याङ लागेर एक महिलाको