सांसद्‌ले राजीनामा मागेपछि अधिकारीको बचाउमा हवाई कम्पनी मालिक « Khabarhub

जहाज दुर्घटना प्रकरण

सांसद्‌ले राजीनामा मागेपछि अधिकारीको बचाउमा हवाई कम्पनी मालिक


१५ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


5.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सौर्य एअरलाइन्सको जहाज दुर्घटना भएपछि राजीनामा माग गरिएका नागरिक उड्ययन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीको पक्षमा वायुसेवा सञ्‍चालक संघ नेपालले विज्ञप्ति जारी गरेको छ । संघका अध्यक्ष मनोज कार्कीले प्राधिकरण सदैव उड्डयन सुरक्षा तथा हवाई सुरक्षामा अत्यन्त संवैदनशील रहेको, तर प्राधिकरण नेतृत्वबारे भ्रम फैलाइएको भन्दै विज्ञप्ति जारी गरेका हुन्‌ ।

गत बुधबार (साउन ९ गते) सी चेक (सम्पूर्ण मर्मत)का पोखरातर्फ उड्नासाथ 9N-AME कलसाइनको सौर्य एअरलाइन्सको विमान त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल परिसरमै  खसेको थियो । सो दुर्घटनामा १८ जनाले ज्यान गुमाएका थिए ।

दुर्घटनाको भोलिपल्टै प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा अधिकांश सांसद्‌हरूले क्यान महानिर्देशक अधिकारीको राजीनामा माग गरेका थिए ।

नेपालको हवाई उद्योगलाई यूरोपेली स‌ंघ (ईयू)को प्रतिबन्धित सूचीबाट हटाउन नसकेको, नियामकीय कमजोरी गर्दा उनको कार्यकालमै देशमा ७ वटा भन्दा बढी हवाई दुर्घटना भएको र हवाई सुरक्षामा भएका प्रगतिबारे जानकारी माग्दा नदिएको भन्दै सांसद्‌हरूले अधिकारीको राजीनामा मागिरहेका छन्‌ । प्रतिनिधि सभा बैठकमै पनि उनको राजीनामा माग भएको छ ।

राजीनामा माग भइरहँदा वायुसेवा संघले भने अधिकारीको पक्षमा विज्ञप्ति जारी गरेको हो । विज्ञप्तिमा संघले हवाई सुरक्षा मामिलामा प्राधिकरणको समेत ‘जिम्मा लिएको’ छ ।

यो पनि-

प्राधिकरण नेतृत्वप्रति सांसदहरूको चर्को असन्तुष्टि

‘हालका दिनहरूमा संघ तथा नेपाल नागरिक उड्डयन प्राधिकरणबाट भए गरेका काम कारवाहीहरू तथा घटना/दुर्घटनाको सीमित स्वार्थ परिपूर्तिका लागि नकारात्मक रुपमा टिकाटिप्पणी गरी कुनै एक व्यक्ति वा संस्थाको कार्यप्रति भ्रम फैलाउने कार्य भइरहेकोले संघ तथा नेपाल नागरिक उड्डयन प्राधिकरणको आधिकारिक धारणा नआएसम्म यस्ता भ्रमपूर्ण समाचारहरु प्रति विश्वास नगरिदिनुहुन…’ विज्ञप्तिमा लेखिएको छ ।

संघले हवाई दुर्घटना कावु बाहिरको परिस्थितिमा हुने र यस्ता विषयहरू व्यक्ति विशेष, कम्पनी लगायत नियमनकारी निकाय कसैले चाहेर नहुने तर्क गरेको छ ।

दुर्घटनालाई आधार बनाई विभिन्न माध्यमहरुमा सदस्य वायुसेवा कम्पनीहरुको हवाई सुरक्षालाई तथा नेपाल नागरिक उड्डयन प्राधिकरणको नियमनकारी भूमिकाप्रति गरेको टिकाटिप्पणीप्रति गम्भीर ध्यानाकर्षण भएको पनि विज्ञप्तिमा उल्लेख गरेको छ ।

संघले जारी गरेको विज्ञप्तिः

 

प्रकाशित मिति : १५ श्रावण २०८१, मंगलबार  ६ : २१ बजे

निर्वाचनअगावै राष्ट्रिय राजमार्गको खाल्डाखुल्डी मर्मत गर्न माग

काठमाडौं – देशभरका यातायात व्यवयासीको छाता संस्था नेपाल यातायात व्यवसायी

फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन डंगोलको निर्देशन

काठमाडौं- फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन काठमाडौं महानगरपालिकाकी कार्यवाहक

गाउँ–गाउँमा विकासका आधार तयार गर्ने काम एमालेकै नेतृत्वमा सम्भव भयो : ओली

गौरादह – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

तीन हजार विद्यार्थीको निःशुल्क मुटु परीक्षण

म्याग्दी – बेनी नगरपालिकामा आज आयोजित मुटु परीक्षण शिविरमा तीन

उम्मेदवारी खारेजपछि रेशमले भने : राजनीतिक सिकार बनाइयो

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रमेश चौधरीले आफ्नो उम्मेदवारी खारेज