सुनसरीका दुई सय चार उद्योग खारेजी « Khabarhub

सुनसरीका दुई सय चार उद्योग खारेजी


१५ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

धरान– सुनसरीमा २०८०-८१ मा आर्थिक मन्दीका कारण बन्द भएका तथा नियमानुसार सञ्चालनमा आउन नसकेका साना तथा मझौला गरी दुई सय चार उद्योग खारेजीमा परेका छन् । 

घरेलु तथा साना उद्योग कार्यालय सुनसरीका प्रमुख हरि लामिछानेका अनुसार साना तथा मझौला गरी जिल्लामा करिब १८ हजार उद्योग तथा व्यवसाय सञ्चालनमा छन् । 

उनले भने, ‘आर्थिक मन्दीको असर भन्दै केही उद्योग बन्द भएको र केही खारेजी गरिएको भए पनि नयाँ उद्योग खुल्ने क्रम चलिरहेको छ ।’ उनका अनुसार गत आवमा सुनसरीमा पाँच सय ६६ नयाँ उद्योग थपिएका छन् । नयाँ उद्योग थपिँदा कार्यालयले रु १८ लाख ८६ हजार राजस्व संकलन गरेको छ । 

कार्यालयले उद्योगतर्फ एक करोड एक लाख ७४ हजार दुई सय ६०, वाणिज्यतर्फ एक करोड १२ लाख ५७ हजार पाँच सय ४० र बिक्री आयबाट रु ७० हजार गरी कूल दुई करोड १५ लाख एक हजार आठ सय राजस्व संकलन गरेको प्रमुख लामिछानेले जानकारी दिए ।  

गत आवमा सनुसरीका एक सय २४ साना तथा मझौला उद्योगले पूँजी वृद्धि गरेका छन् । ती उद्योग तथा व्यवसायले रु ४४ करोड ५३ लाख १३ हजार पूँजी वृद्धि गरेका हुन् । गत आवमा घरेलु कार्यालय सुनसरीले रु दुई करोड १५ लाख एक हजार आठ सय राजस्व संकलन गरेको कार्यालयले जनाएको छ । 

सुनसरीमा सञ्चालित धेरै उद्योग तथा व्यवसाय सञ्चालनमा भए पनि नवीकरण गर्नेको सङ्ख्या कम देखिएको छ । गत आव २०८०-८१ मा एक हजार तीन सय ५२ उद्योगले मात्रै नवीकरण गरेका छन् । उद्योग दर्ता तथा नवीकरणबापत कार्यालयले ६७ लाख आठ हजार राजस्व संकलन गरेको छ । 

गत आवमा २४ उद्योगले ठाउँसारी र ६५ उद्योगले नामसारी गरेका छन् ।

प्रकाशित मिति : १५ श्रावण २०८१, मंगलबार  ७ : ३४ बजे

कांग्रेसलाई एकढिक्का बनाउन विशेष संवाद अभियान चलाउनुपर्छ : गगन थापा

पोखरा- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एकढिक्का बनाउन विशेष

झिनो अंकले बढ्यो नेप्से परिसूचक, कारोबार कति ?

काठमाडौँ– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो

आन्द्रे रसेल ३३ रन बनाएर आउट

काठमाडौँ– विराटनगर किंग्सका आन्द्रे रसेल ३३ रन बनाएर आउट भएका

नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

काठमाडौँ– नेपाललाई ग्लोबल एलाइन्स फोर भ्याक्सिन्स एन्ड इमुनाइजेसन (गाभी) ले

१४ औँ महाधिवेशनलाई अदालतले मान्यता नदिए बाटो अलग : एनपी साउद

काठमाडौं- नेपाली कांग्रेस अहिले गगन थापा पक्ष, शेरबहादुर देउवा पक्ष