यातायात कार्यालय धनगढीद्वारा ६५ करोड राजस्व सङ्कलन « Khabarhub

यातायात कार्यालय धनगढीद्वारा ६५ करोड राजस्व सङ्कलन


१५ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

कैलाली – यातायात व्यवस्था कार्यालय धनगढीले गत आर्थिक वर्ष २०८०/८१ मा रु ६५ करोड ३१ लाख ६३ हजार ९६ राजस्व सङ्कलन गरेको छ ।

यातायात व्यवस्था कार्यालय धनगढीका निमित्त प्रमुख नरेन्द्र शाहका अनुसार सवारीसाधन करबाट सबैभन्दा बढी रु ४९ करोड ७९ लाख ६० हजार तीन सय ५८ र सबैभन्दा कम प्रशासनिक सेवा शुल्कबाट रु १९ हजार नौ सय राजस्व सङ्कलन गरेको हो ।

चालक अनुमतिपत्र, सवारी दर्ता किताबसम्बन्धी दस्तुरबाट रु १४ करोड २७ लाख २६ हजार नौ सय ५८, बाटो इजाजत, प्रदुषण र जाँचपासबाट रु एक करोड १७ लाख ७३ हजार तीन सय ५५ र व्यवसाय रजिष्ट्रेसन दस्तुरबाट रु पाँच लाख ६३ हजार चार सय २५ सङ्कलन गरेको छ ।

कार्यालयको बेरुजु रु एक लाख १९ हजार एक सय रहेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । सो कार्यालयले अघिल्लो आव २०७९र८० मा विभिन्न राजस्व शीर्षकबाट रु ६३ करोड ९४ लाख ३० हजार चार सय १४ राजस्व सङ्कलन गरेको थियो ।

अघिल्लो आवको तुलनामा गत आवमा रु एक करोड ३७ लाख ३२ हजार छ सय ८२ ले राजस्व रकम वृद्धि भएको हो ।

प्रकाशित मिति : १५ श्रावण २०८१, मंगलबार  ८ : ४३ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५