‘एलन मस्कको अलौकिक दृष्टि प्रतिज्ञा खतरनाक’ « Khabarhub

‘एलन मस्कको अलौकिक दृष्टि प्रतिज्ञा खतरनाक’


१५ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– शोधकर्ताहरूले मस्तिष्क प्रत्यारोपण प्रविधिले अन्ततः बिरामीहरूलाई सामान्य मानिसको दृष्टिभन्दा राम्रो दृष्टि प्रदान गर्नसक्छ भन्ने अर्बपति एलन मस्कको आलोचना गरेका छन् ।

मस्कले लामो समयदेखि उनको न्युरालिङ्क कम्पनीले अन्धाहरूलाई दृष्टि प्रदान गर्नसक्ने प्रत्यारोपणमा काम गरिरहेको बताएका छन्‌ । उनले मार्चमा सामाजिक सञ्जाल एक्समा आफ्नो १९ करोड अनुयायीलाई उक्त उत्पादनको नाम ‘ब्लाइन्डसाइट’ रहने बताएका थिए ।

उत्पादनले पहिलादेखि नै बाँदरमा काम गरिरहेको उल्लेख गर्दै उनले भने, “रिजोल्युसन पहिला निनटेन्डो ग्राफिक्सजस्तै सानो हुनेछ । तर अन्ततः सामान्य मानव दृष्टिभन्दा धेरै हुनसक्छ ।”

तर वासिङ्टन विश्वविद्यालयका मनोविज्ञान प्राध्यापक इओन फाइनले भने, “यसो भन्नु खतरनाक कुरा हो ।” उनले साइन्टिफिक रिपोर्ट्स जर्नलमा सोमबार प्रकाशित लेखमा सहलेखन गरेका थिए । उक्त लेखमा त्यस्ता प्रत्यारोपणहरूले कसरी काम गर्न सक्छ भनेर अनुकरण गर्न ‘भर्चुअल बिरामीहरू’ भनेर चिनिने मोडेलको प्रयोग गरिएको छ ।

मस्कसहित नयाँ प्रत्यारोपणहरूको प्रभाव मानव जीवविज्ञानद्वारा सीमित हुनसक्ने लेखमा तर्क दिइएको छ । फाइनले आँखाबाट प्राप्त जानकारीलाई प्रशोधन गर्ने मस्तिष्कको क्षेत्र भिजुअल कोर्टेक्समा लाखौँ साना इलेक्ट्रोड प्रत्यारोपण गरेर उच्च–रिजोल्यसुन दृष्टि सिर्जना गर्न सकिन्छ भन्ने मस्कको विचार त्रुटिपूर्ण रहेको बताए ।

“इन्जिनियरले प्राय इलेक्ट्रोडलाई पिक्सल बनाउने भनेर सोच्छन् तर जीवविज्ञानले यस्तो तरिकाले काम गर्दैन”, उनले भने ।मस्तिष्कमा छवि सिर्जना गर्नुमा प्रत्यारोपणले गर्नसक्ने तरिकाले व्यक्तिगत कोशिकाहरूलाई उत्तेजित मात्र गर्दैन, त्यसपछि हजारौँ कोशिकाहरूमा सक्रिय हुने ‘न्युरल कोड’ पनि उत्पन्न गर्न समावेश छ ।

उनले वैज्ञानिकहरू कुनै अन्धो व्यक्तिमा सही न्युरल कोड पत्ता लगाउन नजिक नभएको बताए । यसको अर्थ प्रत्यारोपणको प्रभाव सीमित हुनेछ ।

“अन्धोपनले मानिसलाई असुरक्षित बनाउँदैन तर जीवनमा ढिलो अन्धो हुनुले मानिसलाई असुरक्षित बनाउन सक्छ”, उनले भने, “त्यसो भए एलन मस्कले ‘यो मानव दृष्टिभन्दा राम्रो हुनेछ’ भन्नुहुन्छ भने त्यस्तो भन्नु खतरनाक कुरा हो ।”

प्रकाशित मिति : १५ श्रावण २०८१, मंगलबार  ८ : ५३ बजे

निलम्बित एआईजी दाहालमाथि कारबाही गर्न सिफारिस

काठमाडौं- निलम्बनमा परेका सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज

शिक्षकलाई गाडी किन्न सहुलियत, उत्कृष्ट माविलाई ५० लाखसम्म

काठमाडौं -शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको  शिक्षा

पोखरामा स्कुल बस दुर्घटना, १८ जना बालबालिका घाइते

गण्डकी– पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान स्कुल बस दुर्घटना हुँदा

बाढीले पुलमा क्षति पुर्‍याएपछि यातायात ठप्प, पर्यटन र व्यापारमा असर

बागलुङ– चाडबाडको समयमा पछिल्ला केही वर्षयता बागलुङका विभिन्न गन्तव्यमा पर्यटक

कांग्रेस महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि मतदान सुरू

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान