‘अग्निदहन’को पोस्टर सार्वजनिक, ओली–प्रचण्डले पहिल्यै हेरिसकेका थिए फिल्म ! « Khabarhub

‘अग्निदहन’को पोस्टर सार्वजनिक, ओली–प्रचण्डले पहिल्यै हेरिसकेका थिए फिल्म !


१५ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

 

काठमाडौं – लोकमणि पौडेलको उपन्यास ‘अग्निदहन’ मा आधारित फिल्म ‘अग्नीदहन’को फस्टलुक सार्वजनिक भएको छ । सूचना तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङ प्रमुख अथिति भएको कार्यक्रममा मंगलबार फस्टलुक पोस्टर सार्वजनिक गरिएको हो ।

यसँसगै फिल्मको प्रदर्शन मिति मंसिर ७ लाई तोकिएको छ । निर्देशक घनश्याम लामिछानेका अनुसार ‘अग्नीदहन’ शिक्षामूलक सामाजिक फिल्म हो । फिल्मले बोक्सी कुप्रथाविरुद्धको डर लाग्दो कथा उठान गरेको उनको दाबी छ ।

लामिछाने भन्छन्, ‘उपन्यासलाई हामीले सिनेम्याटिक तवरबाट फिल्ममा उतारेका छौं । एउटा राम्रो प्याकेज बनेको छ । फिल्ममा थ्रिल, सस्पेन्स सबै छ ।’

सञ्चारमन्त्री गुरुङले बोक्सीको अन्धविश्वासविरुद्ध फिल्म बनाएकामा निर्माण टिमलाई धन्यवाद दिए । उनले भने, ‘बोक्सीको आरोपमा धेरै महिला मारिएका छन् । उनीहरुमाथि कुटपिट भएको छ, उनीहरुले आत्महत्या गरेका छन् । नेपालमा बोक्सी प्रथाको अन्धविश्वास हटाउन ठूलो चुनौती छ । त्यसलाई सबैले मिलेर फाल्नुपर्छ । त्यो अभियानमा यो फिल्म सफल हुन्छ भन्नेमा आशावादी छु ।’

फिल्मका परिकल्पनाकार कोविदशरण उपाध्यायले फिल्मलाई तराईका जिल्लामा प्रदर्शन गराउनका लागि मैथिली र भोजपुरी भाषामा समेत डबिङ गरिएको बताए ।

फिल्ममा फिल्ममा प्रकाश घिमिरे, प्रमिला तुलाचन, माओत्से गुरुङ, अनुपमा भण्डारी, तुलसी क्षेत्री, विष्णु वास्तोला, ताराबहादुर गुरुङ लगायतको अभिनय छ । ‘मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपाल’ संस्थाको प्रस्तुतिमा निर्माण भएको यस फिल्मको लेखक लोकमणि पौडेल हुन् ।

यो फिल्मलाई पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, प्रधानमन्त्री केपी शर्मा ओलीले हेरिसकेका छन् । यस फिल्मलाई चलचित्र विकास बोर्डले ‘विशेष चलचित्र अवार्ड’ समेत दिइसकेको छ ।

प्रकाशित मिति : १५ श्रावण २०८१, मंगलबार  १० : ०३ बजे

जुम्लामा शैक्षिकसत्र अगावै पुग्यो पाठ्यपुस्तक

जुम्ला – जुम्लामा नयाँ शैक्षिकसत्र अगावै पाठ्यपुस्तक आइपुगेको छ ।

घरेलु मैदानमा आर्सनल स्तब्ध, उपाधि यात्रामा धक्का

काठमाडौं – आर्सनलको उपाधि जित्ने सम्भावनामा ठूलो धक्का लागेको छ।

दुई अमेरिकी युद्धपोतले पार गरे ‘स्ट्रेट अफ हर्मुज’

वासिङ्टन – अमेरिकाले रणनीतिक जलमार्ग ‘सफा गर्न’ सुरु गरेको र

काठमाडौं महानगरले १५ हजार विद्यार्थीको रगतको समूह परीक्षण गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका विद्यालय तहमा अध्ययरत विद्यार्थीको रगतको

आईपीएल : सन्जु सैमसनको शतकमा चेन्नईले दिल्लीलाई दियो २१३ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको खेलमा चेन्नई सुपर