‘अग्निदहन’को पोस्टर सार्वजनिक, ओली–प्रचण्डले पहिल्यै हेरिसकेका थिए फिल्म ! | Khabarhub Khabarhub

‘अग्निदहन’को पोस्टर सार्वजनिक, ओली–प्रचण्डले पहिल्यै हेरिसकेका थिए फिल्म !


१५ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

 

काठमाडौं – लोकमणि पौडेलको उपन्यास ‘अग्निदहन’ मा आधारित फिल्म ‘अग्नीदहन’को फस्टलुक सार्वजनिक भएको छ । सूचना तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङ प्रमुख अथिति भएको कार्यक्रममा मंगलबार फस्टलुक पोस्टर सार्वजनिक गरिएको हो ।

यसँसगै फिल्मको प्रदर्शन मिति मंसिर ७ लाई तोकिएको छ । निर्देशक घनश्याम लामिछानेका अनुसार ‘अग्नीदहन’ शिक्षामूलक सामाजिक फिल्म हो । फिल्मले बोक्सी कुप्रथाविरुद्धको डर लाग्दो कथा उठान गरेको उनको दाबी छ ।

लामिछाने भन्छन्, ‘उपन्यासलाई हामीले सिनेम्याटिक तवरबाट फिल्ममा उतारेका छौं । एउटा राम्रो प्याकेज बनेको छ । फिल्ममा थ्रिल, सस्पेन्स सबै छ ।’

सञ्चारमन्त्री गुरुङले बोक्सीको अन्धविश्वासविरुद्ध फिल्म बनाएकामा निर्माण टिमलाई धन्यवाद दिए । उनले भने, ‘बोक्सीको आरोपमा धेरै महिला मारिएका छन् । उनीहरुमाथि कुटपिट भएको छ, उनीहरुले आत्महत्या गरेका छन् । नेपालमा बोक्सी प्रथाको अन्धविश्वास हटाउन ठूलो चुनौती छ । त्यसलाई सबैले मिलेर फाल्नुपर्छ । त्यो अभियानमा यो फिल्म सफल हुन्छ भन्नेमा आशावादी छु ।’

फिल्मका परिकल्पनाकार कोविदशरण उपाध्यायले फिल्मलाई तराईका जिल्लामा प्रदर्शन गराउनका लागि मैथिली र भोजपुरी भाषामा समेत डबिङ गरिएको बताए ।

फिल्ममा फिल्ममा प्रकाश घिमिरे, प्रमिला तुलाचन, माओत्से गुरुङ, अनुपमा भण्डारी, तुलसी क्षेत्री, विष्णु वास्तोला, ताराबहादुर गुरुङ लगायतको अभिनय छ । ‘मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपाल’ संस्थाको प्रस्तुतिमा निर्माण भएको यस फिल्मको लेखक लोकमणि पौडेल हुन् ।

यो फिल्मलाई पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, प्रधानमन्त्री केपी शर्मा ओलीले हेरिसकेका छन् । यस फिल्मलाई चलचित्र विकास बोर्डले ‘विशेष चलचित्र अवार्ड’ समेत दिइसकेको छ ।

प्रकाशित मिति : १५ श्रावण २०८१, मंगलबार  १० : ०३ बजे

बालेनले सुनाए काठमाडौंको १९ बुँदे नीति तथा कार्यक्रम

काठमाडौं- काठमाडौं महानगरपालिकाले आइतबार आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेट ल्याउँदै

तराईलाई सुक्खा क्षेत्र घोषणा गरेर राहतका कार्यक्रम ल्याउन माग

काठमाडौं– असारको अन्तिम सातासम्म पनि मधेसका केही जिल्लामा वर्षा नहुँदा

कञ्चनपुरका राना थारु गाउँमा सावन डोलाको रौनक

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ कालागौँडीस्थित राना थारु समुदायका महिलाले सावन

काठमाडौं महानगरको नगरसभा : आगामी वर्षको बजेट ल्याइँदै (लाइभ)

काठमाडौं– काठमाडौं महानगरपालिकाले आइतबार आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेट ल्याउँदै

‘अजमेरा फैशन ईन्डिया’ अब नेपालमै, फेक्ट्री रेटमा सामान पाइने 

काठमाडौं- भारतको गुजरातस्थित टेक्सटाइल कम्पनी अजमेरा फैशन ईन्डियाले नेपालको इन्द्रेणी