आज २०८१ साल भदौ १४ गते शुक्रबारको राशिफल | Khabarhub Khabarhub

आज २०८१ साल भदौ १४ गते शुक्रबारको राशिफल


१४ भाद्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल भदौ १४ गते शुक्रबार तदनुसार सन् २०२४ अगष्ट ३० तारिख। भाद्र कृष्ण पक्षको द्वादशी तिथि। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : साथीको सहयोगले लामो समय रोकिएका काम बन्नेछन्। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट प्रगती हुनेछ। राजनीतिक संगठन बलियो छ। परिवारसँगको सम्बन्धमा भने मनमुटाब हुने सम्भावना देखिन्छ।

वृष : तपाईंको बोलीमा मोहनी बसेको छ। बोलीको प्रभावले राम्रा काम बन्नेछन्। परोपकार गर्नु राम्रो हुनेछ। विदेशमा भन्दा धन कमाउने स्रोत स्वदेशमै भेटिने छन्। राज्यको सेवा गर्ने अवसर मिल्नेछ। परिवारसँगको प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन : मन शान्त हुनेछ। अनुहारमा चमक आउने दिन छ। परिवारसँगको सम्बन्धलाई विशेष महत्त्व दिनुपर्ने हुनेछ। तपाईंको उन्नतिविरुद्ध अगाडि बढ्ने संगठित भएकाले सचेत बन्नु राम्रो हुनेछ। राज्यको तर्फबाट त्रास भए पनि परिवारको साथ मिल्नेछ।

कर्कट : सोचेको भन्दा राम्रो परिणाम प्राप्त हुनेछ। राम्रा ग्रहको बहुमत रहेकाले ठुलो कामको सुरुवात गर्दा राम्रो हुसनेछ। आज बनाएका योजना दघीर्घकालसम्म लागू हुनेछन्। शिक्षा, स्वास्थय र परिवारसँगको सम्बन्धमा सफलता मिल्नेछ।

सिंह : तपाईंलाई भाग्यले साथ दिएको छ। शिक्षाको लगानीमा फाइदा हुनेछ। राजनीतिक विषयमा झुकाब रहेको छ। नयाँ ठाउँको यात्रा गर्ने अवसर मिल्नेछ। बोलीको टुंगो नहुँदा तपाईं समस्यामा परे पनि संकटमा परिवारको साथ मिल्नेछ।

कन्या : धार्मिक कार्यक्रममा सहभागी हुने योग रहेको छ। धार्मिक चर्चा र परिचर्चाले मन शान्त हुनेछ। लगानीका क्षेत्रमध्ये कृषि र पशुपालनबाट राम्रो आम्दानी हुनेछ। परिवारको सल्लाह लिएर मात्र कामको सुरुवात गर्नु राम्रो हुनेछ।

तुला : ज्ञान, विज्ञा र प्राविधिक क्षेत्रको खोजमा समय बित्नेछ। व्यवहारिक ज्ञान र मर्म नबुझ्दा परिवारमा भने खटपटी हुनेछ। परोपकारी संस्थाबाट सम्मान प्राप्त हुनेछ। पुरानो रोग बढ्ने डर भएकाले सचेत बन्नु राम्रो हुनेछ।

वृश्चिक : जटिल ठानिएका काम सहजै बन्नेछन्। तर्कमा तपाईंको जित हुनेछ। सभा र समारोहमा तपाईंको मर्यादा रहनेछ। लगनी र श्रम गरेको भए वैदेशिक लगानीबाट फाइदा हुनेछ। परिवारसँगको प्रेम सम्बन्ध अझ कसिलो बन्नेछ।

धनु : साथीभाइमा मित्रता गाँस्ने संयोग मिल्नेछ। निजी काम भन्दा परोपकारी र सामाजिक सेवामा मन जानेछ। आफूभन्दा ठुलाको माया र सानाको सहयोग प्राप्त गर्ने दिन छ। दिन रमाइलोसँग बत्निेछ।

मकर : शिक्षाको क्षेत्रमा लगानी भए तपाईंको उन्नति हुनेछ। व्यापार सुरु गर्नुपरे सुरुमा संयुक्त रुपमा लगानी गर्नु राम्रो हुनेछ। राजनीतिक क्षेत्रमा ठगको जालोमा पर्ने योग छ। व्यवहार गर्दा सचेत बन्नुपर्ने देखिन्छ। परिवारको इच्छा बुझेर काम गर्न नसेके धोका हुनसक्छ।

कुम्भ : तपाईंले सहयोग गर्नुभएकाबाट नै असहयोग हुनेछ। शिक्षाको क्षेत्रमा तपाईंको सम्पत्तिको संरक्षण हुनेछ। दक्षिणको लामो यात्रामा नजानु राम्रो हुनेछ। संकटमा परिवारको साथ र सहयोग गर्नेछन्।

मीन : धन खर्च हुने दिन छ। अरुले गरेको गल्तीको सजाय तपाईंले पाउने जोखिम छ। माथिल्लो तहका व्यक्तिको डर हुनेछ। थोरै बोलेर जित्नुपर्ने दिन छ। संकटमा तपाईंले साथीको सहयोग पाउने योग छ। बिहानै धार्मिक कार्यमा सहभागी भएमा दिन शान्त बन्नेछ।

प्रकाशित मिति : १४ भाद्र २०८१, शुक्रबार  ५ : १४ बजे

नेपाल टेलिकमले ल्यायो जीएसएम पोस्टपेडमा सजिलो अनलिमिटेड प्याकेज, भोलीदेखि लागु हुने

काठमाडौं– नेपाल टेलिकमले जीएसएम पोस्टपेडमा दोहोरिने सजिलो अनलिमिटेड प्याकेज सञ्चालन गरेको छ

एमाले बैठकमा ‘सिंहदरबार संसद् भवन जलाउन प्रयोग भएको’ म्याग्नेशियम र सोडियमको चर्चा

काठमाडौं- नेकपा एमालेभित्रकै मानिसहरूलाई म्याग्नेशियम र सोडियमका रुपमा प्रयोग गरिएको

प्रचण्डको निष्कर्ष : यति धेरै धनजनको क्षति हुँदा पनि ओली पश्‍चाताप गर्न तयार भएको देखिएन

चितवन- नेकपा (माओवादी केन्द्र) का महाधिवेशन आयोजक समिति संयोजक पुष्पकमल

माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु 

भद्रपुर– यहाँस्थित मेचिनगर नगरपालिका–१५ निलकोठीमा माछा मार्ने क्रममा करेन्ट लाग्दा

निर्धारित समयमा निष्पक्ष निर्वाचन गर्नका लागि सरकार बनेको हो : गृहमन्त्री 

भक्तपुर– गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकार निष्पक्ष निर्वाचन गर्नका लागि